नेकपा संयुक्तको राष्ट्रिय सम्मेलन मंसिरमा गर्ने भएको छ । पार्टीको आयोजक कमिटीको बैठकले राष्ट्रिय सम्मेलन ०८३ मंसिरमा आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले असोज महिना भित्र जिल्ला तहमा संगठन विस्तार गरिसक्ने निर्णय गरेको कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैठकले सङ्गठनात्मक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र आर्थिक प्रतिवेदन पनि पारेको गरेको छ।