चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा मनाएका छन ।

शुकवार परेको आफ्नो जन्मदिन काठमाडौंको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा रहेका ५९ जना बृद्ध बुबाआमाको साथमा केक काटेर मनाउनु भएको उहाकी धर्मपत्नी निशा लामाले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा मिलिजुली सामाजिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष सुमन थापा, सचीव अजय पाण्डे, सह-सचिव सुवास श्रेष्ठ कार्यसमिती सदस्य तथा कार्यक्रम को-र्डिनेटर सोनिया चामलिङ राई र पुर्णिामा श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

लामो समय देखि बिदेशमा रहेर पनि सामाजिक सेवामा निकै नै सकृय रहेका मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामाले जन्मदिनको अबसरमा हिमालय वृद्धाश्रम केन्द्रमा रहेका बुबाआमाहरुको लागि पिउनेपानी, खाना पकाउने ग्यास, सरसफाइ सामाग्री साथै आबश्यक खाजा समेत उपलब्ध गराउनु भएको थियो । लामा हाल वैदेशिक रोजगारको सिलसिलामा देश बाहिर हुनुहुन्छ ।



प्रतिक्रिया
🙏🙏🙏🙏
🙏🙏🙏
Happy birthday dai