काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय संघको केन्द्रिय सल्लाहकार एवम् वरिष्ठ ब्युटिसियन पुनम अमात्यले निरीक्षण गर्नुभएको छ ।

गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारद्वारा २०८१ भाद्र २ गतेदेखि गृहणी महिला दिदिबहिनीहरुलाइ आत्मनिर्भर बनाउने उदेश्यले काठमाण्डौको नयाँबजारमा निशुल्क संचालन गरेको ब्युटिसियन आधारभुत तालिमको शुक्रबार वरिष्ठ ब्युटिसियन पुनम आमात्यले निरीक्षण गर्नु भएको छ ।

अवलोकन कार्यक्रममा बोल्दै वरिष्ठ ब्युटिसियन अमात्यले सीप सिक्नलाई लाज मान्न नहुने, जुनकुनै सीप तथा पेशालाइ निरन्तरता दिन सकेमा अबश्य पनि सफल हुने बताउनु भयो । साथै सौर्न्दर्य क्षेत्रमा आफ्नो ४० बर्ष देखिको अनुभवलाई शिक्षार्थी संग शेयर गर्दै सौर्न्दर्य क्षेत्रमा अगाडी बढन हौसला प्रदान गर्नुभएको थियो ।

हाल ११ जना शिक्षार्थीहरुले निशुल्क रुपमा ब्युटिसियन आधारभुत तामिल लिइरहेको गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारकी संरक्षक रारा सैंजुले बताउनु भयो । उक्त तालिममा समाजसेवि तथा ब्युटिसियनद्वय रुपा तुलाधर र सोनिया चामलिङ राइले निशुल्क रुपमा प्रशिक्षण दिइरहनु भएको छ ।