मंसिर ५, जाजरकोट। गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुली सामाजिक प्रतिष्ठानको सयुक्त आयोजनामा जाजरकोट जिल्लाको बिकट क्षेत्रमा रहेका बालबालिकाहरुलाइ न्यानो कपडा, जुत्ता तथा शैक्षिक सामाग्री बितरण गरेको छ ।
हस्तान्तरण कार्यक्रममा बिधालयका प्रधानअध्यापक रेशम बहादुर शाही, मिलिजुली सामाजिक प्रतिष्ठानका अध्यक्ष माधव शर्मा, उपाध्यक्ष सुमन थापा, सचिव अजय पाण्डे र कार्यसमिति सदस्य सोनिया राई लगाएत अभिभावक, बिद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक पुर्णिमा श्रेष्ठले बताउनु भयो ।
कोसेली छाला जुत्ता उधोगका संचालक रविन कुमार श्रेष्ठ र उषा श्रेष्ठको ३२ औं बर्षगाठको अबसरमा मिलिजुली सामाजिक प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा ७७ जना बालबालिकाहरुको लागि ७७ जोर ट्र्याकसुट, ७७ जोर इनर, ७७ जोर छाला जुत्ता, ७७ वटा उनी टोपि, मोजा, ७७० पिस पेन्सिल, १६० पिस डटपेन र ६०० पिस कपि बितरण गरेको श्रेष्ठले बताउनु भयो ।
गणेशमान कृष्ण प्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली सामाजिक प्रतिष्ठानले सयुक्त रुपमा आयोजना गरेको “हाम्रो इच्छा बिपन्न बालबालिकामा पुर्याउ शिक्षा ” भन्ने मुल लक्ष्यका साथ जाजरकोट जिल्लको जुनिचादे गाउँपालिका-११ कोर्ताङ्गस्थित महेन्द्र माध्यमिक बिधालयमा अध्यनरत बालबालिकाहरुको लागि ३ लाख २५ हजार बराबरको न्यानो कपडा, जुत्ता तथा शैक्षिक सामाग्री बितरण गरेको मिलिजुली परिवारका अध्यक्ष माधव शर्माले जानकारी दिए ।
कार्यक्रममा बोल्दै उक्त बिधालयका प्रधानध्यापक रेशम बहादुर शाहिले जाजरकोट जिल्ला त्यसैपनि बिकट जिल्ला रहेको र कोर्ताङ्ग झनै बिकट रहेको हुदा यस बिधालयमा अहिले सम्म कुनै पनि संघ संस्थाको सहयोग प्राप्त हुन सकेको थिएन तर गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली सामाजिक प्रतिष्ठानले हाम्रा नानिबाबुहरुलाइ माया गरेर काठमाडौदेखि जाजरकोट कोर्ताङ्गसम्मको यात्रा तय गर्दै आएकोमा आभार प्रकट व्यक्त गर्दै धन्यवाद दिएका थिए ।
समाजमा रहेका हरेक व्यक्ति अनि उनीहरूको पेसा प्रतिको सोचलाई सामाजिक कार्यमा सरिक गराउन सकेको खण्डमा समाज उन्नतशील र समृद्ध हुन्छ । यस्तै सोचले उत्प्रेरित भएर मानविय सेवामा समर्पित हुदै बालबालिका देशको भविष्य र समृद्धिको लागी शिक्षा अपरिहार्य हुन्छ भन्ने उदेश्य लिएर विपन्न बालबालिकाहरूको लागी उचित शिक्षा र महिला दिदीबहिनीहरू आत्मनिर्भर बनाउन मिलिजुली सामाजिक प्रतिष्ठान तथा गणेश कृष्णप्यारी स्मृति प्रतिष्ठानले महत्त्वपूर्ण भुमिका खेल्दै आएको प्रतिष्ठानकी संरक्षक रारा सैंजुले बताउनु भयो ।
प्रतिष्ठानले १८० औं कार्यक्रम गरिरहदा हालसम्म देशका बिकट क्षेत्रमा रहेका बिधालयमा पुगेर बालबालिका हरुलाई न्यानो कपडा, बिधालय पोशाक, छाला जुत्ता र शैक्षिक सामाग्री हस्तान्तरण गर्नुको साथै बालआश्रम तथा बृद्धआश्रममा रहेका बालबालिका तथा बुबाआमाहरुलाइ समय-समयमा भोजन गराउदै आएको मिलिजुली परिवारकी कार्यसमिति सदस्य सोनिया चामलिङ राइले बताउनु भयो ।
प्रतिक्रिया