सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। बढेकाे भाडादर आजै (बुधबार)देखि नै लागू भएकाे यातायात व्यवस्था विभागले जनाएको छ। विभागका अनुसार यात्रुवाहक सवारी र ढुवानीका सवारीको भाडा बढेकाे हाे।

विभागले अन्तर प्रदेश चल्ने सवारीसाधनको मात्रै भाडा बढाएको स्पष्ट पारेको छ। जसअनुसार एक प्रदेशबाट अर्को प्रदेशमा जाने लामो दुरीको सवारीसाधनमा भाडा बढेको हो। विभागले बढाएको भाडामा व्यवसायीले आफ्नो सवारीसाधनमा भएको सुविधाको आधारमा २० प्रतिशतसम्म थप भाडा लिन सक्नेछन्।