नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सांसदहरूसँगको छलफलमा जुटेका छन् ।

पिताको शोकबाट बाहिरिएका उनी प्रतिनिधिसभाका सांसदले पद तथा गोपनियताको शपथ लिएपछि छलफलमा जुटेका हुन् ।

नेकपा(एमाले)का तर्फबाट प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गर्दै ओलीले पार्टीको नीति तथा सिद्धान्त अनुसार अघि बढ्न सुझाएका छन् ।

ओलीसँगै छलफलमा एमालेको सचिवालय सदस्य सहभागी छन् ।