गत वर्ष भएको जेन-जी आन्दोलनका क्रममा कारागार तोडेर भागेकामध्ये ३ हजार ७५२ जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन्।
कारागार व्यवस्थापन विभागले फरार कैदीहरूको खोजी कार्यलाई तीव्रता दिँदै उनीहरूको नामसहितको सूची सार्वजनिक गरेको छ।
सरकार विरोधी प्रदर्शन उत्कर्षमा पुगेका बेला देशभरका विभिन्न कारागार र बाल सुधार गृहमा तोडफोड हुँदा हजारौं कैदीहरू भागेका थिए। भागेकामध्ये धेरैजसोलाई प्रहरीले पक्राउ गरिसकेको भए पनि गम्भीर अपराधमा सजाय काटिरहेकासहित १ हजार १९४ जना अझै बेपत्ता रहेका हुन्।
कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचीमा स्वदेशी नागरिकका साथै विदेशी कैदीहरूको नामसमेत समावेश छ। प्रशासनले फरार कैदीहरूलाई तत्काल आफ्नो सम्बन्धित कारागारमा आत्मसमर्पण गर्न वा सम्पर्कमा आउन निर्देशन दिएको छ।
तोकिएको समयभित्र सम्पर्कमा नआउने कैदीहरूलाई पक्राउ गरी कानुनबमोजिम थप कारबाही गरिने चेतावनी दिएको छ। उनीहरूको खोजीका लागि देशभरका सुरक्षा निकायलाई ‘अलर्ट’ मा राखेर विशेष अपरेसन चलाइएको छ।
भ्रष्टाचार, नातावाद र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोध गर्दै सुरु भएको जेन-जी आन्दोलनले उग्र रूप लिँदा सुरक्षा व्यवस्था फितलो बनेको थियो। सोही स्थितिको फाइदा उठाउँदै कैदीहरू जेलबाट भाग्न सफल भएका थिए।
हेर्नुहोस् सूची-

प्रतिक्रिया