काठमाडौं,
कर्मयोगी वरिष्ठ समाजसेवी गणेशमान सैजुको ९४ औं तथा समाजसेवी कृष्णप्यारी सैजुको ९३औँ जन्मजयन्तीको अवसरमा यस वर्षको प्रतिष्ठित ‘१३औँ गणेशकृष्ण पुरस्कार’ बाट समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने ५ जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिने भएकोछ। विभिन्न क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेर राष्ट्र र समाजलाई विशिष्ट योगदान पुर्याउने स्रष्टा, विज्ञ तथा समाजसेवीहरूको कदर गर्दै उनीहरूलाई यो सम्मान प्रदान गरिने भएको छ ।
आगमी श्रावण १५ गते कर्मयोगी वरिष्ठ समाजसेवी गणेशमान सैजुको ९४ औं तथा समाजसेवी कृष्णप्यारी सैजुको ९३औँ जन्मजयन्तीको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा उक्त सम्मान गरिने गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानकी सांरक्षक रारा सैंजुले जानकारी दिनुभयो । सम्मानित हुने व्यक्तित्वहरूको संक्षिप्त परिचय यस प्रकार रहेको छ:
१. डा. तरुण पौडेल (चिकित्सा तथा सामाजिक स्वास्थ्य सेवा)
नेपाल सरकारको स्वास्थ्य सेवा (बाह्रौं तह) बाट अनिवार्य अवकाश प्राप्त वरिष्ठ चिकित्सक तथा स्वास्थ्य प्रशासक डा. पौडेलले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशक र धवलागिरि अञ्चल अस्पताल बागलुङमा मेडिकल सुपरिटेन्डेन्टको रूपमा उत्कृष्ट सेवा पुर्याउनुभएको छ। बागलुङमा रहँदा उहाँले स्थापना गर्नुभएको ‘डा. तरुण पौडेल चिकित्सा कोष’ मार्फत हरेक वर्ष चिकित्सा र सामाजिक स्वास्थ्य सेवामा योगदान पुर्याउने चिकित्सक तथा संस्थाहरूलाई सम्मानित गरिँदै आएको छ। उहाँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि समेत सिफारिस तथा उम्मेदवार रहनुभएको थियो।
२. मथुरा प्रधान श्रेष्ठ (गायन, साहित्य तथा समाजसेवा)
राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएकी मथुरा प्रधान श्रेष्ठ बाल्यकालदेखि नै साङ्गीतिक क्षेत्रमा सक्रिय रहनुभएको छ। २०३७ सालमा रेडियो नेपालबाट कार्यक्रम प्रवेश गर्नुभएकी उहाँका करिब ८५ वटा गीतहरू रेकर्ड भएका छन्। उहाँले ‘यो जीवनको परिधिभित्र’ (२०५२), ‘अन्तराल’ (२०६२) र ‘भक्ति साधना’ (२०६६) जस्ता एल्बमहरू बजारमा ल्याउनुभएको छ। गीतसङ्गीतका साथै उहाँ सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन तथा कानुनी मान्यता विषयक कार्यशालाजस्ता विविध सामाजिक र जनचेतनामूलक अभियानहरूमा समेत सक्रिय हुनुहुन्छ।
३. नरेन्द्रबहादुर श्रेष्ठ (साहित्य, कला तथा जराकला)
साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ नेपाली साहित्य र कला क्षेत्रका बहुआयामिक एवं सुपरिचित नाम हुन्। विगत पाँच दशकभन्दा लामो समयदेखि काव्य सिर्जना, गीत रचना, चित्रकला, जराकला र मूर्तिकलाका माध्यमबाट नेपाली कला–साहित्यमा यथेष्ट योगदान पुर्याउनुभएका उहाँ विशेषगरी ‘जरा कलाकार’ का रूपमा ख्यातिप्राप्त हुनुहुन्छ। उहाँका जराकलामा आधारित रहेर ३५ जना कविहरूले कविता सिर्जना गर्नुका साथै ती कविताहरू हिन्दी र बाङ्ग्ला भाषामा समेत अनुवाद भएका छन्। तत्कालीन माोवादी जनयुद्धको अवस्थामा उहाँको ‘सीताहरण’ कलासम्बन्धी विशेष प्रस्तुतिले विशेष चर्चा बटुलेको थियो।
४. देवेन्द्रराज शाक्य (बौद्ध दर्शन, साहित्य तथा अक्षयकोषदाता)
पाल्पाको तानसेनमा जन्मिनुभएका बौद्ध विद्वान देवेन्द्रराज शाक्यका धार्मिक, साहित्यिक र सांस्कृतिक विषयका १८ वटाभन्दा बढी कृतिहरू (जस्तै: बैशाख पूर्णिमा, यो बटौली हो, विश्व शान्तिको शहर लुम्बिनी, बुद्धकालीन केही विहारहरू आदि) प्रकाशित भइसकेका छन्। करिब ३ दर्जन संघसंस्थामा आबद्ध रहनुभएका शाक्यले विभिन्न विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएका छन् भने करिब ४६ वटा संघसंस्थाहरूमा अक्षयकोषका लागि रकम प्रदान गर्नुभएको छ। उत्कृष्ट समाजसेवा र बौद्ध दर्शनको शोध-खोज लेखनमा तल्लीन उहाँ ३१ वटा पुरस्कार तथा सम्मानबाट अभिनन्दित भईसक्नुभएको छ।
५. रोशन कुमार थापा (सूचना प्रविधि, डिजिटल स्वास्थ्य तथा सञ्चार)
सूचना प्रविधिमा स्नातकोत्तर (MIT) गर्नुभएका रोशन कुमार थापा सूचना प्रविधि क्षेत्रमा १४ वर्ष र मिडिया क्षेत्रमा ७ वर्षको व्यावसायिक अनुभव भएका युवा स्रष्टा हुन्। उहाँ तिनकन्या पञ्चवती मिडिया प्रा.लि. का अध्यक्ष तथा सत्य र निष्पक्ष अनलाइन पोर्टल Bihaniaawaj.com का सञ्चालक हुनुहुन्छ। हाल ‘न्याय हेल्थ नेपाल’ मा डिजिटल सिस्टम इन्जिनियरका रूपमा कार्यरत उहाँले ‘राष्ट्रिय डिजिटल स्वास्थ्य निर्देशिका–२०८१’ को निर्माण प्रक्रियामा प्राविधिक सहयोग पुर्याउनुका साथै कर्णाली प्रदेशमा डिजिटल स्वास्थ्य प्रणालीको विस्तार, स्वास्थ्य डेटा व्यवस्थापन र स्वास्थ्य सूचना प्रविधिमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ। साथै, उहाँ ‘ह्वाइटहिल सोलुसन’ का संस्थापक तथा प्रमुख कार्यकारी (CEO) समेत हुनुहुन्छ।
१३औँ ‘गणेशकृष्ण पुरस्कार’ बाट स्वास्थ्य, साहित्य, कला र सुचना प्रविधि क्षेत्रका ५ विशिष्ट व्यक्तित्व सम्मानित हुदै
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…

प्रतिक्रिया