काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको विजयादशमी (दशैंको टीका) को उत्तम साइत बिहान ११:५३ बजे निर्धारण गरेको छ। समितिका अनुसार टीका र जमरा थाप्ने शुभ समय यही समयमा उत्तम मानिने भए पनि श्रद्धाअनुसार जुनसुकै समयमा पनि टीका लगाउन सकिनेछ।