बागमती प्रदेशका रिजन पौडेल र सुदूरपश्चिम प्रदेशकी मनीषाकुमारी राना क्षेत्री तेस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगितामा च्याम्पियन भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सोमबार भएको प्रतियोगितामा रिजनले पुरुष १८ वर्षमुनि ६३–६६ केजी तौलसमूहमा च्याम्पियन भएका हुन् । सुकेधाराको मर्निङ स्टार मुवाँथाईका खेलाडीसमेत रहेका रिजनले फाइनलमा शिहान कार्कीलाई हराए । मर्निङ स्टारकी ट्रेनर डेनिका राईले युवा फाइटर रिजनको प्रदर्शनले निकै उत्साहित बनाएको बताइन् । अन्य तौलसम्म पनि स्वर्ण प्राप्त हुने डेनिकाको विश्वास छ ।

यस तौलमा संगम तामाङ शीर्ष तीन स्थानमा रहे । तीनै खेलाडी बागमती प्रदेशका हुन् । कोशी प्रदेशका संयोग राई र सुदूरपश्चिम प्रदेशकी मनीषाकुमारी राना क्षेत्री तेस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगितामा च्याम्पियन भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सोमबार भएको प्रतियोगितामा महिला ६०–६३ केजी तौलसमूहमा मनीषा र पुरुष ४८–५१ केजी तौलसमूहमा संयोग च्याम्पियन भएका हुन् । नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा मनीषाले बागमती प्रदेशकी मिङ्मा तामाङलाई हराउँदै च्याम्पियन भइन् । यसै तौलसमूहमा कृष्मा आचार्य तेस्रो भइन् । पुरुषततर्फ फाइनलमा संयोगले बागमती प्रदेशका रितम तामाङलाई हराए । यस तौलसमूहमा कर्णाली प्रदेशका प्रकाश डाँगी र गण्डकी प्रदेशका स्यामुएल श्रेष्ठ संयुक्त रूपमा तेस्रो भए । १८ वर्षमुनि पुरुष ५७–६० केजी तौलसमूहमा बागमती प्रदेशका दीपन लोहार फाइनलमा सुदूरपश्चिमका अर्जुन दमाईलाई हराउँदै च्याम्पियन भए ।

यसै तौलमा गण्डकीका विवश गुरुङ र सुदूरपश्चिमका सुशान चौधरी संयुक्त रूपमा तेस्रो भए । ४५–४८ केजी तौलसमूहमा बागमतीका युनिस खड्काले स्वर्ण जित्दा गण्डकीका निर्जल गुरुङलाई फाइनलमा निराश बनाए । गण्डकीका प्रवेश घर्ति र बागमतीका युनिस खड्का तेस्रो भए । ५४–५७ केजी तौलसमूहमा गण्डकीका अनुप घोताने र ४५ केजी तौलसमूहमा कर्णाली प्रदेशका मनोज अग्री च्याम्पियन भए । फाइनलमा अनुपले बागमतीका सदिक राज थापालाई हराउँदा मनोजले कर्णालीकै अर्बित खड्कामाथि जित रचे ।

महिला ४५ देखि ४८ केजी तौलसमूहमा सुदूरपश्चिमकी सतिकुमारी विकले गण्डकीकी रिहाना श्रेष्ठ र ५४–५७ केजी तौलसमूहमा गण्डकीकी जेनिसा थापाले बागमतीकी आरिसा महर्जनलाई हराउँदै स्वर्ण पदक जिते । महिलाकै ७२ देखि ७६ केजी तौलसमूहमा बागमतीकी गण्डकीकी सल्मा सुनार फाइनलमा बागमतीकी तेन्जिङ तामाङलाई हराउँदै च्याम्पियन भइन् । एपिएफकी प्रमिला भूमिले फाइनलमा बागमतीकी अनिसा गुरुङमाथि जित रचिन् । किशोरी १४ देखि १६ वर्ष उमेरसमूहको ४५–५१ केजी तौलसमूहमा गण्डकी प्रदेशकी निस्मा गुरुङले फाइनलमा आफ्नै क्षेत्रकी आइसा परियारलाई पराजित गरिन् । खेल कुल तीन राउन्डसम्म प्रतिस्पर्धामा भयो ।

दुई मिनेटको एक राउन्ड रह्यो । प्रतियोगिताका विजेतालाई नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वफरवार्ड अनिल गुरुङ र नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले पदक प्रदान गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ १४ र महिलामा आठ तौलसमूहमा गरी एमेच्योर र सेमि प्रोफेसनल विधामा प्रतिस्पर्धा भए । सबै तौलसमूहमा एमेच्योर र सेमी प्रोफेसनल विधामा प्रतिस्पर्धा भएका थिए । एपिएफसहित सात प्रदेशका कुल एक सय सात खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । हरेक तौलसमूहका विजेता खेलाडीले पदक पाए ।