काठमाडौँ, १८ जेठ : स्याटेलाईट प्रविधिमा आधारित ईन्टरनेट सेवा प्रदायक अन्तररास्ट्रिय कम्पनी स्टारलिंककी निर्देशक रेबिका हन्टरले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ ।
भेटका क्रममा हन्टरले स्टारलिंकले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमती लिन चाहेको तर केही नीतिगत तथा कानुनी जटिलताका कारण अनुमती पाउन नसकेको बताउनुभयो ।

लाइसेन्समा शतप्रतिशत स्टारलिंककै स्वामित्व भएमात्र अनुमति लिन सकिने धारणा उहाँले राख्नुभयो । व्यावसायिक साझेदारी तथा सहकार्यका लागि नेपालका केही सेवा प्रदायकहरूसँग छलफल भैरहेको उहाँले जानकारी गराउनुभयो ।
सो भेटमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपालको विद्यमान दूरसञ्चार नीति तथा कानुनी व्यवस्थाअनुसार वैधानिक प्रक्रिया अनुरुप सेवा सञ्चालन गर्न कुनै अवरोध नहुने बताउनुभयो । —