नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा दिएको अभिव्यक्त प्रति गम्भीर प्रश्न उठाएको छ ।

प्रधानमन्त्री शाहले संसदमा नेपालले भारततको भूमी मिचेको अभिव्यक्ति दिएपछि महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शाहको अभिव्यक्तिमा आपत्ति प्रकट गरेका छन् ।

उनले फेसवुकमा लेखेका छन्,´बालेन्द्र शाहले आज संसदमा दिएको अभिव्यक्तिले उनले नेपाल राष्ट्रको प्रतिनिधित्व गर्छन् कि अरू कसैको भन्ने गम्भीर प्रश्न खडा भएको छ।` प्रधानमन्त्री शाहले आज संसदलाई सम्बोधन गर्दै नेपालले पनि भारतको भूमी अतित्रमण गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए ।