हरेक वर्ष निजामती सेवामा कर्मचारीको उपस्थिति बढेको बढयै छ। १७ वर्षको अन्तरमा महिला कर्मचारीको सहभागिता १२ प्रतिशतबाट ३० प्रतिशतमा पुगेको छ।

स्वास्थ्य क्षेत्रमा पुरुष भन्दा महिला कर्मचारीको संख्या ह्वात्तै बढि देखिएको छ। २०६५ असारसम्म निजामती सेवामा महिलाको संख्याा १२ प्रतिशत रहेकोमा २०८२ फागुनसम्म महिला कर्मचारीको सहभागित ३० प्रतिशत पुगेको छ।

राष्ट्रिय किताबखानाका अनुसार २०८१ फागुनसम्म महिलाको उपस्थिति २९ दशमलब २ प्रतिशत पुगेको थियो।

एक वर्षमै २० दशमलब २बाट ३० प्रतिशत पुगेको छ। ३० प्रतिशत भनेको अहिलेसम्म सबैभन्दा उच्च सहभागिता हो। जबकि, १७ वर्ष अघिसम्म महिलाको उपस्थिति निकै कम थियो।

अर्थ मन्त्रालयले बुधबार प्रकाशित गरेको आर्थिक सर्वेक्षण अनुसार नेपाल स्वास्थ्य सेवामा कार्यरत कुल कर्मचारीमध्ये ५४.७ प्रतिशत महिला र ४५.३ पुरुष कर्मचारी रहेका छन्। स्वास्थ्य सेवामा देशभरी ४ हजार ५सय १८जना कुल कर्मचारी कार्यरत छन्।

संवैधानिक पदाधिकारीतर्फ भने महिलाको सहभागिता निकै कम छ। त्यस क्षेत्रमा महिलाको सहभागित १० दशमलब ४ प्रतिशत मात्र रहेको छ।

सर्वेक्षणमा जनाइए अनुसार आव २०८२-८३को फागुन मसान्तसम्म संघीय सरकारका विभिन्न निकायका संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण भई निजामती सेवा अन्तर्गतका विभिन्न सेवा, समूह र श्रेणीतर्फ ५० हजार ७ सय ६८ दरबन्दी कायम गरिएको थियो। छ।

यस्तो दरबन्दी संख्या २०८२ असारमा ५१ हजार ४ सय ५ रहेको थियो। यसबाट संघमा कर्मचारीको दरबन्दी संख्या पछिल्लो समय केही घटेको देखिएको छ।

सर्वेक्षण अनुसार २०८२ फागुनसम्म निजामती किताबखानामा दर्ता भएका कर्मचारीमध्ये सङ्घमा कार्यरत कर्मचारी ४६.८ प्रतिशत, प्रदेशमा कार्यरत १६.२ प्रतिशत र स्थानीय तहमा कार्यरत ३७.० प्रतिशत कर्मचारी रहेका छन्।

सवेक्षणमा उल्लेख गरे अनुसार आर्थिक वर्ष २०८१-८२ मा ८ जिल्लाका २१ सङ्घीय कार्यालयको सेवाग्राही सन्तुष्टि सर्वेक्षण गरिएको थियो। त्यसमध्ये १५ सरकारी कार्यालयको सेवाग्राही सन्तुष्टि रहेको सर्वेक्षणमा उल्ल्लेख गरिएको थियो।

चालु आर्थिक वर्षको फागुनसम्म लोकसेवा आयोगको विभिन्न परिक्षामा पास भइ निजामती सेवामा प्रवेश गरेका १ हजार १ सय ४७ जना मध्ये ४ सय ८४ जना समावेशी कोटाबाट समूहतर्फ सिफारिस भएका छन्।

यसैगरी आर्थिक वर्ष २०८१/८२ मा निजामती सेवामा प्रवेश गरेका २ हजार ५ सय ९२ मध्ये समावेशी कोटाबाट १ हजार ५६ जना व्यक्ति सिफारिश गरिएका छन्। यो भनेको ४० दशमलम ७ प्रतिशत हो। खुला विज्ञापनबाट १ हजार ३ सय ४० सङ्घीय निजामती सेवामा प्रवेश गरेका छन्। यो भनेको ५९ दशमलब ३ प्रतिशत हो।

सवेक्षणमा उल्लेख गरे अनुसार आर्थिक वर्ष २०६४-६५देखि लोकसेवा आयोगबाट लिइने परिक्षामा समावेशीकोटाबा पनि पदपूर्ति व्यवस्था लागू गरिएको थियो।

त्यस वर्ष देखि हालसम्म आर्थिक वर्ष २०६४/६५ देखि २०८१/८२ सम्म विभिन्न समावेशी कोटाबाट २६ हजार २ सय ७४ जना व्यक्ति निजामती सेवामा प्रवेश गरेको सर्वेक्षणमा उल्लेख गरिएको थियो।