भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण कार्यालय धनगढीमा कार्यरत एक कार्यालय सहयोगीको मृत्यु भएको छ।
मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठेगाना भई हाल सो गणमा कार्यरत २७ वर्षीय अजय चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिन्सिनाले जानकारी दिए।
उनका अनुसार मृतक चौधरी सरसफाइ गर्ने क्रममा भान्साको माथिल्लो तलाबाट खसि बेहोस भई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया