डोटीको आदर्श गाउँपालिका-६ रौसेल्ला खोला नजिक मौवा-गिरीचौकको कच्ची सडकमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बोलेरो चालक आदर्श-३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश विक रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नवराज ढुंगेलले जानकारी दिए।

उनका अनुसार खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश०१-००१च ३९२३ नम्बरको सो बोलेरो घुम्तीमा अनियन्त्रित भई गए राति १२ः०० बजेको समयमा दुर्घटनामा परेको थियो।

दुर्घटनापछि दुवै जना सडकबाट करिब ९०० मिटर तल साइलीखोलामा मृतावस्थामा फेला परेका थिए। रासस