काठमाडौं/पाेखरा पुस २ गते । आज काठमाडौंमा एक पत्रकार सम्मेलन मार्फत २७ औं पोखरा सडक महोत्सव २०८२ को घोषणा गरिएको छ। “सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं” भन्ने उद्देश्यले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा पौष १३ देखि १७ गतेसम्म पोखराको लेकसाइड किनारमा यो महोत्सव गर्न लागिएको जानकारी रेवान पोखराका प्रथम उपाध्यक्ष तथा महोत्सवका संयोजक वसन्त गौतमले दिनुभएको छ।
यस कार्यक्रमको २७ औं संस्करण मनाउन सबैलाई पोखरा आउन र पर्यटन प्रवर्द्धन गर्न अङ्ग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्य पोखरा सहरलाई बनाउन रेवान अध्यक्ष विश्वराज पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ।
रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले विगत २७ वर्षदेखि निरन्तर पोखरा सडक महोत्सव गर्दै आएको छ। यस महोत्सवले लोपोन्मुख भेषभूषा, कला, संस्कृति, ग्रामीण भेगमा उत्पादित घरेलु सामग्रीहरूको संरक्षण र प्रवर्द्धन गर्ने, रोजगारी सिर्जना गरी आर्थिक क्रियाकलापलाई अभिवृद्धि गर्ने र समग्र आर्थिक विकास समुदायमा सहयोग पुर्याएको महसुस गरिएको छ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गरी पोखरालाई पर्यटकीय राजधानीको रूपमा थप गतिशील गराउने उद्देश्यले यसै मिति २०८२ पौष १३ देखि १७ गते (५ दिन) सम्म फिस्टेल गेटदेखि बगर चोक हुँदै लेकसाइडसम्म र कोमागाने पार्कभित्र विविध मनोरञ्जनात्मक कार्यक्रमसहित “२१ औं पोखरा सडक महोत्सव २०८२/२०८३” आयोजना गर्ने व्यहोरा जानकारी गराइएको छ।
उक्त महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्दै महोत्सव सम्बन्धमा विविध जानकारी दिने उद्देश्यले २०८२ पौष २ गते बुधबार, बिहान १०:०० बजे, होटल मनाङ, ठमेल, काठमाडौंमा पत्रकार सम्मेलन राखिएको व्यहोरा रेबान पोखराका महासचिव वीरेन्द्र शेरचनले जानकारी गराउँदै उपस्थितिका लागि हार्दिक अनुरोध गर्नुभएको छ। सम्पर्कका लागि फोन नम्बर ९८४८१४७२५३ रहेको छ।

प्रतिक्रिया