काठमाडौं २० कार्तिक । उपत्यकामा हुने मुख्य कार्यक्रमहरु ।

  • बिहान ०७:३० बजे: नेपाल कम्युनिष्ट पार्टी (एमाले) कागेश्वरी मनोहरा नगरपालिका कमिटीको पाचौ पूर्ण बैठक (पार्टी कार्यालय, थली)।
  • बिहान १०:०० बजे:
    • ​गोर्खा घर भई हाल बानेश्वर बस्ने लक्ष्मि देवि बस्नेतले शान्ति, परिवर्तन र सुशासनको माग गर्दै मौन आमरण अनसन (माइतीघर मण्डला)।
    • ​जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक (नेपा बैङ्क्वेट, खुशिबु)।
  • बिहान ११:०० बजे:
    • ​जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक (थसी ब्याङ्क्वेट, सानागाउँ, ललितपुर)।
    • ​रोस्टरमा रहेका cbt, agri, manu र ship building मा पास गरेकाहरूको शान्तिपूर्ण विरोध कार्यक्रम (eps कार्यालय ग्वार्को, ललितपुर)।
    • ​नेपाल फुटबल खेलाडी संघद्वारा शहिद स्मारक ए डिभिजन लिगको निरन्तर स्थगन विरुद्ध धर्ना कार्यक्रम (एन्फा मुख्यालयबाहिर, सातदोबाटो, ललितपुर)।
  • बिहान ११:३० बजे:
    • ​नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक (पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुर)।
    • ​नेसपा (नयाँ शक्ति) द्वारा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विशेष उपस्थितिमा “जेन्जी अगुवाहरूसँग अन्तरसंवाद” कार्यक्रम (इन्द्रेणी ब्यांक्वेट, नयाँ बानेश्वर)।
    • ​नेपाली कांग्रेस १५ औं महाधिवेशन समयमै गर्न दबाबमुलक बृहत् भेला कार्यक्रम (अनुपम फुडल्याण्ड बत्तिसपुतली)।
  • दिउँसो १२:०० बजे: नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिले स्वाधिनता, समाजवाद र सर्वपक्षीय अन्तरिम सरकारको पक्षमा र्‍याली सहित विशाल जनसभा कार्यक्रम (सुन्धाराबाट र्‍याली सुरु भई भृकुटी मण्डपमा सभा)।
  • दिउँसो १३:०० बजे:
    • ​न्यायकर्मी द्वारिकामान जोशीद्वारा लिखित पुस्तकको सम्माननीय प्रधानन्यायाधीशद्वारा विमोचन समारोह (ललितपुर जिल्ला अदालत लगनखेल)।
    • ​संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाद्वारा उपत्यका स्तरीय जनचेतनामूलक शान्तिपुर्ण कोण सभा (सिफल चौर)।
  • दिउँसो १४:०० बजे:
    • ​नेपाल जलन फाउण्डेशनकाे आयोजनामा जलन प्रकोप व्यवस्थापन सम्बन्धि कार्यक्रम (नेपालभाषा मंकाः खलः, ललितपुर)।
    • ​राष्टिय किसान सञ्जालद्वारा किसानको बक्यौता, राहत र आन्दोलनका विषयमा पत्रकार सम्मेलन (कार्निभल रेष्टुरेन्ट एण्ड मिटिङ, थापागाउँ, बिजुलीबजार)।