काठमाडौं १८ कार्तिक । आज उपत्यकामा हुने कार्यक्रमहरु:
बिहानका कार्यक्रमहरू (१०:०० बजे देखि १०:३० बजेसम्म)
- धर्ना र अनसन (माइतीघर मण्डला, १०:०० बजे):
- सरिश्मा थापाले अन्तरिम सरकारको बैठक लाइभ गर्न माग गर्दै धर्ना।
- लक्ष्मि देवि बस्नेतले शान्ति, राष्ट्रियता, र भ्रष्ट्राचार विरुद्धको सन्देश सहित माैन आमरण अनसन।
- अन्तर्क्रिया कार्यक्रम (रफत संचार क्लब, भक्तपुर, १०:३० बजे):
- रफत संचार क्लबले नैनसिंह महर, भगवती न्यौपाने र डिपि ढकालसँग समसामयिक बिषयमा अन्तर्क्रिया गर्ने।
दिउँसोका कार्यक्रमहरू (१२:३० बजे देखि १४:०० बजेसम्म)
- नेपाली कांग्रेसको भेला (थापागाउँ, नयाँ बानेश्वर, १२:३० बजे):
- नेपाली कांग्रेस विशेष महाधिवेशनका सन्दर्भमा विशेष भेला।
- राजनीतिक दलका बैठकहरू (१३:०० बजे):
- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक (पार्टी केन्द्रीय कार्यालय, ललितपुर)।
- नेकपा (माओवादी केन्द्र) को विघठित केन्द्रीय समितिको बैठक (नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादी)।
- खुल्ला बहस (आनन्दभुमी पार्टी प्यालेस, नयाँ बानेश्वार, १४:०० बजे):
- नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले राष्ट्रिय एकता र संवैधानिक सर्वोच्चता बारे बृहत् खुल्ला बहस गर्ने।
- पत्रकार सम्मेलन (रिपोर्टर्स क्लब नेपाल, भृकुटीमण्डप, समय नखुलेको):
- देशभक्त युवा अभियानले जेनजी विद्रोह र नयाँ परिस्थितिका बारेमा विशेष पत्रकार सम्मेलन गर्ने।

प्रतिक्रिया