काठमाडौं कार्तिक १७ गते उपत्यकामा हुने मुख्य कार्यक्रमहरु:
बिहान
- ०८:०० बजे:माटोलाई न्याय अभियान द्वारा जेनजी आन्दोलनका घाइतेहरूको स्वास्थ्य लाभ र देशमा शान्तिको कामना गर्दै सामूहिक पूजा कार्यक्रम।
- स्थान: पशुपतिनाथ मन्दिर परिसर।
- ०८:३० बजे: काठमाडौं महानगरपालिका वडा नं. ८ जयवागेश्वरी गायत्री मार्गमा रहेको ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना कार्यक्रम।
- स्थान: कामपा ८ वडा परिसर।
- १०:०० बजे: सरिश्मा थापाले हालको अन्तरिम सरकारको बैठक मेयर बालेनले गरेजस्तै प्रत्यक्ष लाइभ प्रसारण गर्नुपर्ने माग सहित धर्ना।
- स्थान: माइतीघर मण्डला।
- १०:०० बजे:सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (माहासंघ) द्वारा बचतकर्ताहरूको दवाब सृजना गर्न समस्याग्रस्त सहकारीको कार्यालय घेराउ गर्ने।
- स्थान: समस्याग्रस्त को कार्यालय, बुद्धनगर।
- १०:०० बजे: स्वतन्त्र नागरिक लक्ष्मि देवि बस्नेतले शान्ति, परिवर्तन र सुशासनको मागसहितको ब्यानर राखी माैन आमरण अनसन बस्ने।
- स्थान: माइतीघर मण्डला।
दिउँसो/साँझ
- १३:०० बजे:प्रेस चौतारी नेपाल ले नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सञ्चारकर्मीहरूसँग संवाद कार्यक्रम गर्ने।
- स्थान: प्रेस चौतारी नेपाल, केन्द्रीय कार्यालय, पुतलीसडक, न्यू प्लाजा।
- १३:०० बजे:जेन जी परिषद सुदूरपश्चिम द्वारा आन्दोलनलाई संस्थागत गर्ने, घाइते परिवारको व्यवस्थापन, भ्रष्टाचार नियन्त्रण लगायतका एजेन्डाहरूमा छलफल कार्यक्रम।
- स्थान: व्याम्बो थकाली शान्तिनगर, नयाँ बानेश्वर।
- समय नखुलेको:बीपी चिन्तन प्रतिष्ठान को समन्वयमा नेपाललाई सही मार्गमा ल्याउन संवैधानिक, आर्थिक, शैक्षिक लगायतका क्षेत्रहरुमा गर्नुपर्ने कार्यबारे सर्वपक्षिय सम्मेलन।
- स्थान: रिपोर्टस क्लब नेपाल, भृकुटी मण्डप।
- समय/स्थान नखुलेको:नेपाल कम्युनिस्ट पार्टी ले देशव्यापी विरोध प्रदर्शनसहित कोणसभा गर्ने।
- स्थान: देशभर।
- समय/स्थान नखुलेको: नेकपा (माओवादी केन्द्र) को विघठित केन्द्रीय समितिको बैठक बस्ने।

प्रतिक्रिया