भक्तपुर। कार्तिक १६ गते, ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंले आज भक्तपुरस्थित आफ्नै निजी निवासमा विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै ‘जेन्जी आन्दोलन’को भित्री रहस्य र नेपाली राजनीतिमा भइरहेको चरम विदेशी हस्तक्षेपबारे भिडियो प्रस्तुतिसहित गम्भीर खुलासा गरेका छन्।
महाअभियानका संयोजक प्रसाईंले देशको वर्तमान अवस्था, चरम विकृति, विसंगति, अन्याय र कुशासनलाई निकास दिनका लागि समान विचार, लक्ष्य र उद्देश्य बोकेका सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकजुट भएको घोषणा गरे।
पत्रकार सम्मेलनमा महाअभियानको नेतृत्वसँगै अन्य राष्ट्रवादी समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
दुर्गा प्रसाईं (संयोजक, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान) वि.पि.का सभापति शुसिलमान शेरचन देबेन्द्र प्रकाश पौडेल (महामन्त्री, बि.पि. काङ्ग्रेस) युबराज सफल (अभियन्ता) ईश्वरि प्रसाद भट्टराई (नेपाल बचाउ अभियान) माधब काल्पित (दुर्गा प्रसाईंका निजि सचिब) दिपक खड्का (दुर्गा प्रसाईंका अंगरक्षक) अशोक मजगैया (सदस्य, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान) पत्रकारहरू लगायतकाे उपस्थितिमा पत्रकार सम्मेलन समापन गरेकाे ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै दुर्गा प्रसाईंले मेची नदीको किनारबाट सुरु गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउको अभियानको चर्चा गरे। उपस्थित सबै राष्ट्रवादी शक्तिहरूले एकअर्कासँग ऐक्यबद्धता जाहेर गर्दै, भ्रष्टाचार अन्त्य र राष्ट्रियता संरक्षणको लागि अगाडि बढ्ने प्रण र प्रार्थनाका साथै लिखित सम्झौता पत्रमा हस्ताक्षर आदानप्रदान गरेको जानकारी दिए। आनन्द प्रसाद प्याकुरेल, केन्द्रीय प्रवक्ताको हस्ताक्षरमा भएको सो सम्झौता पत्र दुवै समूहका प्रमुखहरूलाई प्रस्तुत गरिएको थियो।
प्रसाईंले ‘राजाको हातबाट दियो बालेर विभिन्न कालखण्डमा आन्दोलन गर्दै यहाँसम्म आइपुग्दा आज हामीलाई निश्चल खरेलले आन्दाेलन गराएको‘ भन्दै आरोप लगाए। उनले निश्चल खरेल र बालेन शाहले माफ माग्नुपर्ने माग गरे।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको पानीमा ‘क्यामिकल मिसाइएको’ र उक्त पानी खाएपछि सबै आन्दोलनकारी ‘बहुलाएकाे’ जस्तो देखिएको सनसनीपूर्ण आरोप लगाए।
प्रसाईंले उज्वल थापा फाउन्डेसन किन खोलियो, निश्चलको भूमिका के थियो, बंगलादेश र श्रीलंकाको घटना हेरेपछि एसियामा कसरी विदेशी सेना झारिन्छ भन्ने विषयमा भिडियो प्रस्तुतिसहित रहस्य खुलाउने बताए।
दरबार हत्याकाण्ड र पूर्व-राजनीतिज्ञहरू: उनले बाबुराम भट्टराईलाई नाकमा खुर्सानि काेचेर सोध्ने हो भने दरबार हत्याकाण्ड समेत सबै ओकाल्ने दाबी गरे। उनले सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई गोलबद्ध भएर अगाडि बढ्ने बताए। यस क्रममा उनले माल्दिभ्स तथा नेपालको सट्टा प्लटमा ‘फन्नी’ गरेर कसरी सरकार गठन हुँदैछ भन्ने विषयको भण्डाफोर गरे। उनले देश सकाउने खेलमा हाम्रा दुवै छिमेकी मुलुक चीन र भारत यस अपराधमा सामाजिक उपमा दिएका युवाहरूलाई बाटो विराउनु भएको गम्भीर आरोप लगाए।
उनले २००४ सालमा नेपाली कांग्रेसको उदय, २००६ सालमा कम्युनिस्टको उदय, २०२८ सालमा राजा महेन्द्रको रहस्यमय मृत्यु, २०५२ सालमा माओवादीको उदय र २०७२ सालसम्म संविधान लागु गर्न पश्चिमा मुलुकहरू कसरी सफल भए भन्ने विषयमा नेपाली जनतालाई सचेत गराउने काम गरेको बताए। उनले युवाहरूको रिपोर्ट, चुनावको घोषणा समयमा अन्तिम भिडियो ल्याउने जानकारी दिए। साथै आन्दाेलन र अहिले बनेकाे सरकार कसरी बनाएकाे रहेछ भन्ने कुरा भिडियाे मार्फत प्रष्ट पारेका छन् । साथै अरु प्रमाणहरु मंशिर ७ गते आन्दाेलन हुनु भन्दा अगाडि देखाउने बताएका छन् ।
साथै दुर्गा प्रसाईं र नेपाली कांग्रेस (बीपी) बिच सहमति भएको छ। प्रसाईं नेतृत्वको ‘राष्ट्रियता, धर्म संरक्षण, नागरिक बचाउ महाअभियान’ले आगामि मंसिर ७ गतेदेखि हुने आन्दोलनमा सहकार्य गर्ने सहमति भएको हो ।
सहमतिपत्रमा राष्ट्र, राष्ट्रियता, धर्म, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि दुवै पक्षले साझा सहकार्यमा आधारित अभियान सञ्चालन गर्ने ।
आगामी मङ्सिर ६ गतेदेखि सुरु हुने देशव्यापी आन्दोलन र जनजागरण अभियानमा नेपाली कांग्रेस (बीपी) का नेता, कार्यकर्ता र समर्थकहरू सक्रिय रूपमा सहभागी हुने ।
आन्दोलनका क्रममा नेपाली कांग्रेस (बीपी) लाई आफ्ना झन्डा, नाराहरू, प्रचार–सामग्री र संगठनात्मक पहिचानसहित अभियानमा सहभागी हुने स्वतन्त्रता दिइने ।
आन्दोलनका कार्यक्रमहरू प्रभावकारी बनाउन दुवै पक्षका प्रतिनिधिहरू सम्मिलित संयुक्त समन्वय समिति गठन गर्ने, बीपी कांग्रेसको तर्फबाट सहभागी टोलीको नेतृत्व तोकिएको जिम्मेवार व्यक्तिले गर्नेछ, जसले महाअभियानसँग सह–समन्वय गर्ने ।
आन्दोलनलाई पूर्ण रूपमा अहिंसात्मक, संवैधानिक, सभ्य र अनुशासित ढङ्गले सञ्चालन गर्ने । कुनै पनि विभाजनकारी वा हिंसात्मक कार्य नगर्ने ।
सहकार्य सम्झौता र आन्दोलनबारे दुवै पक्षले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्ने र पत्रकार सम्मेलनमार्फत जानकारी सार्वजनिक गर्ने ।
उक्त कार्यक्रममा बाेल्दै वि.पि.का सभापति शुसिलमान शेरचनले अवकाे आन्दाेलन कि वार कि पार हुने बताएकाे ।

प्रतिक्रिया