काठमाण्डौ १६ कार्तिक । उपत्यकामा आज हुने मुख्य कार्यक्रमहरु
बिहानको समय (Morning)
- ०८:३० बजे: वी.पी.कांग्रेस र दुर्गा प्रसाईं बिच आन्दोलनमा कार्यगत एकता सम्झौता। (दुर्गा प्रसाईंको निजि निबास, भक्तपुर)
- ०९:३० बजे: दुर्गा प्रसाईंले “जेन्जी आन्दोलनको भित्री रहस्य भिडियो प्रस्तुति सहितको विशेष पत्रकार सम्मेलन” गर्ने। (दुर्गा प्रसाईं निजि निवास, भक्तपुर)
- १०:०० बजे: सरिश्मा थापाले हालको अन्तरिम सरकारको बैठक लाइभ प्रसारण गर्नुपर्ने माग सहित धर्ना बस्ने। (माइतीघर मण्डला)
दिउँसोको समय (Daytime)
- ११:०० बजे:
- युवा स्वयंसेवक बल (Youth Volunteer Force) को विशेष भेला कार्यक्रम। (गुण्डु, भक्तपुर)
- राष्ट्रिय युवा संघ नेपालले मोटरसाइकल र्याली गर्ने। (गुन्डुबाट भक्तपुर, जडिबुटी हुदै चक्रपथ परिक्रमा)
- सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले दबाब दिन भेला भई प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउने। (बुटवल पावर हाउस नजिकै समस्याग्रस्त कार्यालय बुद्धनगर)
- नेपाल लिबरल पार्टीले उर्जामन्त्री र अर्थमन्त्रीको नीति सम्बन्धमा विशेष पत्रकार सम्मेलन गर्ने। (रिपोर्टस् क्लब नेपाल, भृकुटी मण्डप)
- ११:३० बजे:
- कांग्रेस सुधार अभियान (Under-40) ले नियमित महाधिवेशनको माग राख्दै खबरदारी कार्यक्रम गर्ने। (नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुर)
- सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (बागमती प्रदेश) का बचतकर्ताहरू भेला भई समस्याग्रस्तको कार्यालयमा जानकारी लिन र दवाब दिन। (समस्याग्रस्तको कार्यालय अनामनगर)
- १२:०० बजे: राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ कानुन ब्यबसायीहरूले संबिधान संशोधन मसौदा प्रस्तावको घोषणा तथा अन्तरक्रिया गर्ने। (रिपोर्टस् क्लब नेपाल, भृकुटी मण्डप)
- १३:०० बजे:
- समाजबादी स्वतन्त्र ट्रेड युनियन महासंघ नेपालले श्रमिकको लागि पत्रकार सम्मेलन गर्ने। (रिपोर्टस् क्लब नेपाल, भृकुटी मण्डप)
- विशेष महाधिवेशन माग गरेर हस्ताक्षर गरेका कांग्रेसहरूको भेला कार्यक्रम। (आनन्द भुमि इभेन्टस्, नयाँ बानेश्वर)
- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने। (बी.पी. स्मृति भवन, सानेपा)
- अशोक राई निकट समाजवादी किसान महासंघको केन्द्रीय समिति पदाधिकारी बैठक बस्ने। (जसपा, केन्द्रीय कार्यालय, ग्वाकों, ललितपुर)
- १४:०० बजे:
- श्रम संस्कृति पार्टीले निर्वाचन आयोगबाट प्रमाणपत्र ग्रहण गर्ने (अध्यक्ष हर्क साम्पाङ सहित)। (निर्वाचन आयोग, जमल)
- “पहिला देश” अभियान लगायतका संगठनहरूको Gen Z का माग लगायत अन्य विषयमा शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रम। (माइतीघर मण्डला)
अपरान्हको समय (Afternoon)
- १६:०० बजे: प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग बैठक बस्ने। (प्रधानमन्त्री निवास बालुवाटार)
- ०६:०० बजे देखि (यथावत): स्वतन्त्र नागरिक लक्ष्मि देवि बस्नेतको मौनी आमरण अनसन जारी। (माइतीघर मण्डला)

प्रतिक्रिया