काठमाण्डौं कार्तिक १५ गते उपत्यकामा हुने कार्यक्रमहरु

बिहानका कार्यक्रमहरू (०७:३० बजेदेखि १२:०० बजेसम्म)

  • ०७:३० बजे: शहरी विकास मन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यतामा वाग्मती सफाइ महाअभियानको ६५० औं हप्ता पुगेको अवसरमा प्रतीबद्धता कार्यक्रम
    • स्थान: गुह्येश्वरी, काठमाडौं ।
  • ०९:०० बजे: जेन-जी नेपाल (संस्थापक समूह) द्वारा भाटभटेनी सुपरमार्केटका संस्थापक मीन बहादुर गुरुङ दम्पती प्रति ऐक्यबद्धता प्रकट गर्दै “१ घण्टा जनश्रमदान कार्यक्रम”
    • स्थान: भटभटेनी सुपरमार्केटको भग्नावशेष परिसर, नक्साल ।
  • १०:०० बजे: राष्ट्रिय स्वतन्त्र पार्टी ललितपुर क्षेत्र नं. १ ले डा. स्वर्णिम वागले र डा.तोशिमा कार्की लगायतको उपस्थितिमा Gen Z आन्दोलन पछि देशको नयाँ राजनैतिक दिशा बिषयमा क्षेत्रीय भेला ।
    • स्थान: बज्रबाराही पार्टी प्यालेस गोदावरी-११, चापागाउँ, ललितपुर ।
  • १०:०० बजे: सरिश्मा थापाले अन्तरिम सरकारको बैठक कामनपाका मेयर बालेनले महानगरको बैठक प्रत्यक्ष लाइभ गरे जस्तै लाइभ प्रसारण गर्नुपर्ने माग सहित धर्ना बस्ने ।
    • स्थान: माइतीघर मण्डला ।
  • १०:०० बजे: Gen-Z का सहिदहरुको सम्मानमा त्रिवेणी युवा क्लबको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम
    • स्थान: अनामनगर चोक, घट्टेकुलो ।
  • १०:०० बजे देखि १२:०० बजे सम्म: नेपाल नर्सिङ एसोसियेसनको आन्दोलनको समर्थनमा सिभिल सर्भिस हस्पिटलमा कार्यरत नर्सहरुले प्ले कार्ड बोकि शान्तिपुर्ण धर्ना बस्ने ।
    • स्थान: सिभिल सर्भिस हस्पिटल, मिनभवन ।
  • १०:०० बजे देखि १२:०० बजे सम्म: निजी अस्पतालहरुमा नर्सहरुलाई न्युन तलबमा श्रम गराएको बिरोधमा राष्ट्रिय ट्रमा सेन्टरका नर्सहरुले हातमा कालोपट्टी बाँधी, प्ले कार्ड प्रदर्शन तथा धर्ना कार्यक्रम गर्ने ।
    • स्थान: राष्ट्रिय ट्रमा सेन्टर, महांकाल ।
  • ११:०० बजे: नेपाल भरिका सरोकारवाला थुलुङ राईहरु विच बृहत् अन्तरक्रीया, छलफल समन्वय समिति गठन तथा चियापान कार्यक्रम
    • स्थान: नव दुर्गा पार्टी प्यालेस, सुकेधारा ।
  • ११:०० बजे: नेपाल ट्रेड युनियन महासंघले श्रमिकसंग संवाद कार्यक्रम गर्ने ।
    • स्थान: सिद्धचरण हल, प्रज्ञाप्रतिष्ठान, कमलादी ।
  • ११:०० बजे: नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितीले विशेष राष्ट्रीय भेलाको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने ।
    • स्थान: रिपोर्टस क्लव नेपाल, भृकुटीमण्डव ।
  • ११:०० बजे:नेकपा (एमाले) को सचिवालय बैठक बस्ने ।
    • स्थान: केपी शर्मा ओलीको अस्थायी निवास गुन्डु, भक्तपुर ।
  • ११:४५ बजे: डा. निकोलश भुसालले पत्रकार सम्मेलन गर्ने ।
    • स्थान: संवाद डबली, अनामनगर ।

दिउँसो/अपराह्नका कार्यक्रमहरू र समय नखुलेका (१२:०० बजेदेखि)

  • १२:०० बजे: वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको केन्द्रिय समिति ध्रुवीकरण बैठक बस्ने ।
    • स्थान: लप्सीफेँदी, काठमाडौं ।
  • १२:०० बजे: सहिद अजबलाल यादव स्मृति प्रतिष्ठान र अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिले विप्लव, हिरामणि दुःखी लगायतको उपस्थितिमा शिला यादवकृत समरका दिन परिचर्चा कार्यक्रम गर्ने ।
    • स्थान: पारिजात सभाकक्ष नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी ।
  • १२:३० बजे: नागरिक समाजले नागरिक समाज र जेन्जिको रचनात्मक संवाद र बहस तथा राष्ट्र निर्माण र रूपान्तरणका लागि युवा पुस्तालाई समर्थन कार्यक्रम गर्ने ।
    • स्थान: क्वालिटी ब्याङ्क्वेट, बुद्धनगर ।
  • १२:३० बजे: युवा पुस्ता बिचार समुहले नेपाली काँग्रेस रामेछापसँग आबद्ध युवा साथीहरूबीच एक सामूहिक विचार–विनिमय तथा छलफल कार्यक्रम गर्ने ।
    • स्थान: सनराइज फुडल्याण्ड (म्यागडोनाल्ड), मध्य बानेश्वर ।
  • १३:०० बजे: भूमि अधिकार संरक्षण समिति २०८१ ले नेपालको राष्ट्रिय मौलिक संवत् ने.सं. ११४६ नयाँ बर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा छलफल कार्यक्रम गर्ने ।
    • स्थान: नेपाः बैंक्वेट, खुसिबुँ ।
  • १४:३० बजे:मार्क्सवादी दृष्टिकोणले नवउदारवाद र वामपन्थी राजनीति बिषयक कार्यक्रम गर्ने ।
    • स्थान: इच्छुक सांस्कृतिक प्रतिष्ठान, अनामनगर ।
  • १४:३० बजे:रविनद्र मिश्रको कवितासङ्ग्रह ‘माथिको आदेश छ’ को विमोचन कार्यक्रम हुने ।
    • स्थान: प्रज्ञा प्रतिष्ठान डबली, कमलादी ।
  • १४:३० बजे:राजनीतिक संवाद थालनीले जेनजी विद्रोह र अबको बाटो बिषयक अन्तर्क्रिया कार्यक्रम गर्ने ।
    • स्थान: हात्तीसार, हिमालयन रेस्ट्रो (नेपाल हाउस) मा ।
  • १५:०० बजे:DALIT GENZ ALLIANCE को केन्द्रीय कार्यालय समुद्घाटन कार्यक्रम हुने ।
    • स्थान: ग्वाखों ललितपुर ।

समय नखुलेका कार्यक्रमहरू

  • आम जनता पार्टी गोकर्णेस्वर नगर कमिटीको गोकर्णेस्वर नगर स्तरिय विस्तारत बैठक बस्ने ।
    • स्थान: जुम क्याफे नारायण टार ।
  • red chapter को औपचारिक टोली गठन कार्यक्रम गर्ने ।
    • स्थान: सफ्टेक फाउन्डेसन, मध्य बानेश्वर बिग मार्टको अगाडि ।
  • नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी मसाल जुलुस गर्ने ।
    • स्थान: देशभर ।