काठमाडौं १४ कार्तिक । उपत्यकामा हुने कार्यक्रम हरु:

बिहानका कार्यक्रमहरू (०७:३० बजेदेखि ११:५९ बजेसम्म)

  • ०७:३० बजे (ललितपुर): नरबहादुर कर्माचार्यको जन्म दिवसको सन्दर्भमा परिचर्चा कार्यक्रम
  • १०:०० बजे (माइतीघर): अन्तरिम सरकारको बैठक लाइभ प्रसारणको मागसहित धर्ना
  • १०:०० देखि १२:०० बजेसम्म (मीनभवन): सरकारी नर्स सरहको सुविधा माग गर्दै नर्सहरूको शान्तिपूर्ण धर्ना
  • १०:०० देखि १२:०० बजेसम्म (महांकाल): निजी अस्पतालमा न्यून तलबको विरोधमा नर्सहरूको कालोपट्टी बाँधी, प्ले कार्ड प्रदर्शन तथा धर्ना
  • ११:०० बजे (सुकेधारा): नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक
  • ११:३० बजे (भृकुटीमण्डप): ज्ञानेन्द्र शाहको गद्दी आरोहण गराउन जनदबाब सृर्जनाको लागि पत्रकार सम्मेलन

​दिउँसोका कार्यक्रमहरू (१२:०० बजेदेखि)

  • १२:०० बजे (लप्सीफेँदी): वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको केन्द्रिय समिति ध्रुवीकरण बैठक
  • १३:०० बजे (ललितपुर): नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक
  • १३:०० बजे (सिंहदरबार): राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा वृहत् राजनीतिक संवाद कार्यक्रम
  • १३:०० बजे (भृकुटीमण्डप): दलितका लागि दलित अभियान नेपालको विशेष पत्रकार सम्मेलन
  • १३:०० बजे (सुकेधारा): राप्रपा क्षेत्र नम्बर ४ काठमाडौँको जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम
  • १३:३० बजे (रत्नपार्क): राजा पुनर्वहालीको मागसहित खबदारी सभा
  • १५:०० बजे (गोरखनाथ): डा. निकोलश भुसालद्वारा गोरखा राज्य र साम्राज्यको योजना सहित पत्रकार सम्मेलन
  • १५:०० बजे (नयाँ बानेश्वर): CGNI NEPAL ले राजनितीक अन्यौलता र निकास बिषयक कार्यक्रम