काठमाण्डौं कार्तिक १० गते सोमबार उपत्यकामा हुने कार्यक्रमहरू

बिहानका कार्यक्रमहरू (बिहान १०:०० बजे देखि ११:०० बजेसम्म)

  • कार्यशाला र अन्तरक्रिया: नागरिक समाज २०८२ ले नागरिक समाज र जेन्जी सहकार्य तथा हातेमालोबारे छलफल गर्ने । विषय: “नेपालमा नेतृत्व बार-बार Failure हुनुको प्रमुख कारण के हो ?”
    • समय: १०:०० बजे
    • स्थान: भोजन गृह, दिल्लिबजार ।
  • विरोध प्रदर्शन: मिना राईको मृत्युको विषयलाई लिएर आफन्तहरूले “हत्यारालाई कारवाही, किष्ट हस्पिटल बन्द र न्याय दे” भन्ने मागसहित प्रदर्शन गर्ने ।
    • समय: १०:०० बजे
    • स्थान: किस्ट शिक्षण अस्पताल, ग्वाल्को ।
  • धर्ना कार्यक्रम: सरिश्मा थापाले हालको अन्तरिम सरकारको बैठक कामनपाका मेयर बालेनले गरेजस्तै प्रत्यक्ष लाइभ प्रसारण गर्नुपर्ने मागसहित धर्ना बस्ने ।
    • समय: १०:०० बजे
    • स्थान: माइतीघर मण्डला ।
  • सम्पर्क मञ्च गठन: श्रम संस्कृति पार्टी भोजपुर काठमाडौँ सम्पर्क मञ्च गठन कार्यक्रम हुने ।
    • समय: ११:०० बजे
    • स्थान: किर्तिपुर श्रामदान स्थल ।
  • पत्रकार सम्मेलन: धर्नारत सरिश्मा थापा लगायतले GenZ को आह्वानमा भएको जन आन्दोलन २०८२ समन्वय संघर्ष समिति घोषणा कार्यक्रमको लागि पत्रकार सम्मेलन गर्ने ।
    • समय: ११:०० बजे
    • स्थान: रिपोर्टस क्लब, भृकुटी मण्डप ।

दिउँसो तथा बेलुकाका कार्यक्रमहरू (११:३० बजे देखि १६:०० बजेसम्म)

स्थान: बसन्तपुर ।

भेला तथा चियापान: संयुक्त नागरिक पार्टीले देशको वर्तमान परिस्थितिमा हाम्रो भूमिका एवम् काठमाडौं उपत्यका भेला तथा चियापान कार्यक्रम गर्ने ।

समय: ११:३० बजे

स्थान: युनिभर्सल क्याफे, नख्खुदोबाटो, एकान्तकुना ।

स्थापना दिवस तथा चियापान: नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले आफ्नो ७३ औं स्थापना दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम गर्ने ।

समय: १२:३० बजे

स्थान: नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुर ।

शहीद श्रद्धाञ्जली कार्यक्रम (तामाङ राष्ट्रिय बाहिनी): भाद्र २३ र २४ गतेको जेन जी विद्रोहका शहीदहरू प्रति ४९ औं दिनको पुण्य तिथिमा हार्दिक श्रद्धाञ्जली, दीप प्रज्वलन तथा प्रार्थना कार्यक्रम गर्ने ।

समय: १६:०० बजे (दिउँसो ४:०० बजे)

स्थान: काठमाडौँ बौद्ध ।

शहीद श्रद्धाञ्जली कार्यक्रम (नेवा राष्ट्रिय बाहिनी): भाद्र २३ र २४ गतेको जेन जी विद्रोहका शहीदहरू प्रति ४९ औं दिनको पुण्य तिथिमा हार्दिक श्रद्धाञ्जली, दीप प्रज्वलन तथा प्रार्थना कार्यक्रम गर्ने ।

समय: १६:०० बजे (दिउँसो ४:०० बजे)