काठमाडौं कार्तिक ९ गते उपत्यकामा हुने कार्यक्रमहरू:
बिहानका कार्यक्रमहरू
०७:०० बजे:
- कार्यक्रम: नेपाल शिक्षक सङ्घ, बागमती प्रदेश अन्तर्गतका स्थानीय तहका अध्यक्षहरुका लागि दुई दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम।
- स्थान: बानेश्वर बहुमुखी क्याम्पस, बानेश्वर।
०९:०० बजे:
- कार्यक्रम: राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नाहरिक बचाउ महा अभियानले देशको वर्तमान जटिल परिस्थिति, बिग्रँदो भूराजनीतिक अवस्था, तथा गत भदौ २३ र २४ गते सम्पन्न जेन–जी आन्दोलन पश्चात् उत्पन्न तरल राजनीतिक परिस्थिति सँगै देशको आर्थिक, न्यायिक तथा सांस्कृतिक सम्पदामाथि परेका चुनौतीका सन्दर्भमा नागरिक र राष्ट्रको रक्क्षार्थ स्थायित्वका विषयमा राष्ट्र र जनचेतनाको पुनर्जागरणको निमित्त दुर्गा प्रसाईंको पहलमा सञ्चार जगतका आदरणीय सम्पादकहरूसँग विचार–विमर्श, परामर्श तथा साझा समझदारीको उद्देश्यले एक विशेष कार्यक्रम।
- स्थान: होटल एभरेष्ट को सभाहल, नयाँ बानेश्वर।
१०:०० बजे:
- कार्यक्रम: उदयपुर जिल्ला हडिया गाउपालिका वडा नं. ६ घर भइ हाल कामनपा १३ कालिमाटी बस्ने सरिश्मा थापाले हालको अन्तरिम सरकारको बैठक कामनपाका मेयर बालेनले महानरको बैठक प्रत्यक्ष लाइभ गरे जस्तै लाइभ प्रसारण गर्नुपर्ने माग सहित धर्ना।
- स्थान: माइतीघर मण्डला।
दिउँसोको कार्यक्रम
१२:०० बजे:
- कार्यक्रम: नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय सदस्य स्मृति तिमिल्सिनाको संयोजकत्वमा Genz redforce को पत्रकार सम्मेलन।
- स्थान: रिपोर्टस क्लब नेपाल, भृकुटी मण्डप।

प्रतिक्रिया