काठमाडौं कार्तिक ८ गते शनिबार उपत्यकामा हुने कार्यक्रमहरू:

बिहानका कार्यक्रमहरू (Morning Programs)

माइतीघर मण्डला, बिहान १०:०० बजे

  • ​उदयपुर जिल्ला हडिया गाउँपालिकाकी सरिश्मा थापाले हालको अन्तरिम सरकारको बैठक कामनपाका मेयर बालेनले गरेझैं प्रत्यक्ष लाइभ प्रसारण गर्नुपर्ने माग सहित धर्ना बस्ने कार्यक्रम रहेको छ।

माइतीघर मण्डला, बिहान १०:०० बजे

  • ​GEN-Z UNITED परिवर्तनले “यदि GEN-Z एक भएन भने सहिदका आत्माहरू सधैँ भौतारिइरहनेछन्, घाइते ह्दय कहिल्यै निको हुने छैनन् र नेपाल आमाका आसुहरू कहिल्यै सुक्ने छैनन्” लेखिएको ब्यानरसहित भाद्र २३/२४ गते जेन्जी आन्दोलनमा मुत्यु भएका सहिदहरूको फोटोसहितको ब्यानर प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

बानेश्वर बहुमुखी क्याम्पस, बानेश्वर, बिहान १०:३० बजे

  • ​नेपाल शिक्षक सङ्‌घ, बागमती प्रदेश अन्तर्गतका स्थानीय तहका अध्यक्षहरूका लागि दुई दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सुरु हुनेछ।

दिउँसोको कार्यक्रम (Afternoon Program)

होटल येलो प्यागोडा, जमल, दिउँसो ३:०० बजे (१५:०० बजे)

  • ​डा. निकोलश भुसालले देश र दुनियाँ कसरी बनाउने भन्ने बारेमा आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ।