काठमाडौं कार्तिक २ गते आईतवार उपत्यकामा हुने कार्यक्रमहरु:

बिहान (Morning)

०८:०० बजे

  • ​नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) ललितपुर महानगरपालिका कमिटीद्वारा नेपाः सम्वत् ११४६ को उपलक्ष्यमा भिन्तुना, शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम
    • ​स्थान: डिलाइट पार्टी प्यालेस, महालक्ष्मीस्थान, ललितपुर।

०९:०० बजे

  • ​नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गर्ने अभियानको तर्फबाट पत्रकार सम्मेलन
    • ​स्थान: थापा गाउँ ब्याङ्केट, नयाँ बानेश्वर।
  • ​नाम्गेल ज्याङछ्युब छ्योलिङ गुम्बाद्वारा परमपूजनीय क्याब्जे लोसाङ नाम्ग्याल रिन्पोछेज्यूबाट बज्रयोगीनी च्योइ साधनाको अभिषेक प्रदान कार्यक्रम।
    • ​स्थान: नाम्गेल ज्याङछ्युब छ्योलिङ गुम्बा तीनचुली, बौद्ध।

१०:०० बजे

  • ​सरिश्मा थापाद्वारा अन्तरिम सरकारको बैठक प्रत्यक्ष लाइभ प्रसारण गर्नुपर्ने मागसहित धर्ना
    • ​स्थान: माइतीघर मण्डला।
  • ​नागरिक बचाउ महाअभियानले दिपावली -२०८२ को अवसरमा देउसी – भैली कार्यक्रम
    • ​स्थान: दुर्गा प्रसाईंको निवास परिसर, भक्तपुर। (समय: १०:०० बजे देखि १७:०० बजे सम्म)।

११:०० बजे

  • ​नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्ती, व्यक्तित्व चर्चा तथा कविता वाचन कार्यक्रम
    • ​स्थान: नेपाल प्रज्ञा-प्रतिष्ठान महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय, कमलादी।

​दिउँसो (Afternoon)

१३:०० बजे (१:०० PM)

  • ​नेपाल कम्युनष्टि पार्टी केन्द्रीय समितिको तेस्रो विशेष बैठकका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन
    • ​स्थान: प्रज्ञाभवन (पारिजात हल), कमलादी।
  • ​राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्‌देनको प्रमुख आतिथ्यतामा दिपावली तथा छठ पर्वको उपलक्ष्यमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम
    • ​स्थान: यस. आर. ब्याङ्क्वेट, धुम्बाराही।

१४:३० बजे (२:३० PM)

  • ​भ्रष्टाचार विरुद्धको गीत -‘अब जाग्नु पर्छ’ म्युजिक भिडियो सार्वजनिक समारोह
    • ​स्थान: डालो रेस्टुरेन्ट (नयाँ), बिगमार्टसँगै, अनामनगर।

१३०० बजे

  • ​नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीद्वारा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम
    • ​स्थान: डिलाईट पार्टी भेन्यू, महालक्ष्मीस्थान, ललितपुर।