काठमाडौं कार्तिक १ गते शुक्रबार उपत्यकामा हुने कार्यक्रमहरू:

बिहान (०७:०० बजे देखि १२:०० बजे सम्म):

  • ०७:०० बजे: राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुर जिल्ला समितिले जिल्ला स्तरीय भेटघाट कार्यक्रम, अजिमा पार्टी महल सूर्यविनायक, भक्तपुरमा गर्ने।
  • ०७:३० बजे: नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी काठमाडौं-२ ले भेटघाट तथा चियापान कार्यक्रम, ब्यञ्जन पाटी प्यालेस, थलीमा गर्ने।
  • ०८:०० बजे:
    • ​सम्पदा संरक्षण अभियानले धुलिखेल- सुर्यबिनायक सडक खण्डमा सम्पदा संरक्षण गर्ने, ख्वपः (भक्तपुर) जगातीमा।
    • ​नेपाल साईकल सोसाइटीले नववर्ष नेपाल सम्बत ११४६ तथा शुभ दिपावलिको उपलक्ष्यमा शुभकामना आदान-प्रदान कार्यक्रम, ललितपुर महानगरपालिका कार्यालय पोखरी परीसर, पुल्चोकमा गर्ने।
    • ​नेपाली काँग्रेस दोलखा-काठमाडौं सम्पर्क समितिले शुभ दीपावली, छठ तथा नेपाल संम्वत्‌को अवसरमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम, नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा गर्ने।
  • ०९:०० बजे: शेर्पा सेवा केन्द्रको ४६ औं साधारण सभा कार्यक्रम, शेर्पा सेवा केन्द्र, बौद्ध टुसालमा हुने।
  • १०:०० बजे: सरिश्मा थापाले हालको अन्तरिम सरकारको बैठक लाइभ प्रसारणको माग सहित धर्ना बस्ने, माइतीघर मण्डलामा।
  • १०:३० बजे: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिले समसामयिक राजनैतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम, रोयल जडिबुटी ब्याङकेट, जडिबुटीमा गर्ने।
  • ११:३० बजे: अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिले चाडपर्वको अवसरमा चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रम, अन्टुफको केन्द्रीय कार्यालय पेरिस डाँडा कोटेश्वरमा गर्ने।
  • १२:०० बजे: शाही युवा शक्ति नेपाल, ATF तथा राजावादी समुहले राजसस्थाको पुर्नस्थापनाको माग सहित शान्तीपूर्ण मोटरसाईकल र्‍याली तथा जन प्रदर्शन कार्यक्रम, सामाखुशी र एकान्तकुना देखि नारायणहिटी दरबारसम्म गर्ने।

दिउँसो (१३:०० बजे देखि):

  • १३:०० बजे:
    • ​गरिखान देउ (मिराज ढुंगाना संयोजक) ले ऐतिहासिक बिद्रोहको उपलब्धि रक्षा र देशको अग्रगामी निकासबारे बिशेष पत्रकार सम्मेलन, एभरेस्ट इन्टरनेसनल होटल, नयाँ बानेश्वरमा गर्ने।
    • ​नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा “भेटघाट तथा चियापान” कार्यक्रम, नेकपा (एमाले) केन्द्रीय कार्यालय परिसर, च्यासल, ललितपुरमा गर्ने।
    • ​नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने।