काठमाडौं आश्विन ३१ गते शुक्रबार उपत्यकामा हुने कार्यक्रमहरू:

बिहानका कार्यक्रमहरू (०७:०० बजे देखि १२:०० बजे सम्म):

  • ०७:०० बजे: राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुर जिल्ला समितिले जिल्ला स्तरीय भेटघाट कार्यक्रम गर्ने ।
    • स्थान: अजिमा पार्टी महल सूर्यविनायक, भक्तपुर ।
  • ०८:०० बजे: नेकपा (एमाले) केन्द्रिय कमिटीको बैठक बस्ने ।
    • स्थान: जवलाखेलस्थित भनिमण्डल छेउमा रहेको राम वाग महल, ललितपुर ।
  • ०९:३० बजे: ललितपुर उद्याेग वाणिज्य संघको ४६औं बार्षिक साधारण सभा कार्यक्रम हुने ।
    • स्थान: यल दरवार भेन्यू शंखमूल ललितपुर ।
  • १०:०० बजे: सरिश्मा थापाले अन्तरिम सरकारको बैठक कामनपाका मेयर बालेनले गरेजस्तै प्रत्यक्ष लाइभ प्रसारण गर्नुपर्ने माग सहित धर्ना बस्ने ।
    • स्थान: माइतीघर मण्डला ।
  • १०:३० बजे: ATF तथा राजावादी समुहले विशेष पत्रकार सम्मेलन कार्यक्रम गर्ने ।
    • स्थान: रिपोर्टस क्लब नेपाल, भृकुटी मण्डप ।
  • ११:०० बजे: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने ।
    • स्थान: पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुर ।
  • ११:३० बजे: अखिल (क्रान्तिकारी) केन्द्रीय समिति र वाईसीएल नेपाल, केन्द्रीय समितिले संयुक्त पत्रकार सम्मेलन गर्ने ।
    • स्थान: रिपोर्टस क्लब, भृकुटीमण्डप ।
  • १२:०० बजे: नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य (मातृभाषा) विभागले मातृभाषा साहित्य सिर्जना र विमर्श कार्यक्रम गर्ने ।
    • स्थान: नेपाल प्रज्ञा-प्रतिष्ठान (देवकोटा सभाकक्ष), कमलादी ।

दिउँसोका कार्यक्रमहरू (१२:०१ बजे देखि १७:०० बजे र त्यसपछि):

स्थान: अनुपम फुड ल्याण्ड, गौशाला ।

१३:०० बजे: नेपाल एफ.एम. नेटवर्कको आयोजनामा “वर्तमान अवस्थामा राष्ट्रियसभाको भूमिका” विषयक विशेष छलफल कार्यक्रम गर्ने ।

स्थान: सिलौटो कटेज, अनामनगर, पूर्वीगेट ।

१३:०० बजे: राप्रपा प्रवक्ता एवम् पुर्व सांसद ज्ञानेन्द्र शाही र जेनजीका अगुवाहरु बिच अन्तरक्रिया कार्यक्रम हुने ।

स्थान: आनन्द भुमी, नयाँ बानेश्वर ।

१३:३० बजे: राष्ट्रवादी नागरिक समाजले राजा पुनर्वहाली र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली ल्याउने उद्देश्यका लागी कार्यक्रम गर्ने ।

स्थान: रत्नपार्क शान्तिवाटिका ।

१४:३० बजे: सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालस्थित विभिन्न कूटनीतिक निकायका प्रमुख राजदूतहरूलाई ‘ब्रिफिङ’ गर्नु हुने ।

स्थान: सिंहदरबार ।

१४:३० – १६:०० बजे:GenZ Uprising and Nepal Politics सम्बन्धी कार्यक्रम ।

स्थान: NIICE Seminar Hall, Hattiban Lalitpur ।

१५:३० बजे: शाही युवा शक्ति नेपालले कार्तिक १ गते शनिबार हुने कार्यक्रमको प्रचारको लागि कोणसभामा कार्यक्रम गर्ने ।

स्थान: सामाखुसी ।

१७:०० बजे: पोखरा विश्वविद्यालय‌को आंगिक क्याम्पस श्रमिक शान्ति क्याम्पस च्यासल ललितपुरमा संचालित BALLB, BCSIT, BAIDS कार्यक्रमहरुको जानकारी सम्वन्धमा पत्रकार सम्मेलन गर्ने ।