काठमाडौं आश्विन ३० गते उपत्यकामा हुने कार्यक्रमहरू:

बिहानका कार्यक्रमहरू:

  • ०८:०० बजे: नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक बस्ने । (स्थान: राम वाग महल, भनिमण्डल, ललितपुर)
  • १०:०० बजे: सरिश्मा थापाले अन्तरिम सरकारको बैठक प्रत्यक्ष लाइभ प्रसारण गर्नुपर्ने माग सहित माइतीघर मण्डलामा धर्ना बस्ने ।
  • ११:०० बजे: राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महा अभियानको पछिल्लो घटनाक्रम सम्बन्धि विशेष बैठक बस्ने । (स्थान: दुर्गा प्रसाईंको निजि निवास, कमेरेटार, भक्तपुर)
  • ११:०० बजे: अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले ४३ औँ विश्व खाद्य दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने । (स्थान: संवाद डबली, अनामनगर)
  • ११:०० बजे: चेतनाथ ढुंगानाले “२०७२ असोज ३ गतेको संविधान गणतन्त्र हैन नेता तन्त्र हो” भन्दै नयाँ संविधान जारी गर्नुपर्ने माग सहित माइतीघर मण्डलाको विस्तारित सडक खण्डमा एकल धर्ना बस्ने ।

दिउँसो/साँझका कार्यक्रमहरू:

  • १३:०० बजे: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने । (स्थान: पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुर)
  • १३:०० बजे: राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ (NDCONT) ले शुभ दिपावली, छठ तथा नेपाल सम्बत् ११४६ प्रारम्भको अवसरमा शुभकामना आदान-प्रदान तथा भेटघाट कार्यक्रम गर्ने । (स्थान: राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यालय, धुम्बाराही)
  • १३:०० बजे: ATF तथा राजावादी समूहले कार्तिक १ गते हुने आन्दोलन कार्यक्रमको तयारीको लागि लैनचौरमा भेटघाट छलफल गर्ने ।
  • १७:०० बजे: युवाहरूले ‘आन्दोलनकारी र लुटेरा छुट्याइयोस्’ र ‘विध्वंसकारी लुटेरालाई कारबाही चाहियो’ भन्दै माइतीघर मण्डलाको विस्तारित सडक खण्डमा प्लेकार्ड सहित प्रदर्शन गर्ने ।
  • समय नखुलेको: राजनीतिक दलहरु संग निर्वाचन आयोगले निर्वाचन आयोग, जमलमा छलफल गर्ने ।