मिति २०८२ आश्विन २९ गते ।।
भक्तपुर। राजसंस्था पुनःस्थापनाको पक्षमा रहेका सन्ताेष राजावादी समूहहरूले आज पुरानो ठिमीस्थित दुर्गा प्रसाईंको निवासमा उहाँसँग भेटवार्ता गरी सडकबाट दवावमूलक आन्दोलन चर्काउन आग्रह गरेका छन्।
सन्ताेष जावादी समूहका प्रतिनिधिहरूले दुर्गा प्रसाईं, राजसंस्था पुनःस्थापना चाहने अन्य पार्टी, संघ-संगठन तथा अभियानहरूलाई एकजुट हुनका लागि दवाव दिनु पर्नेमा जोड दिएका छन्। उनीहरूले देशमा राजसंस्थाको आवश्यकता रहेको बताउँदै, “फलाम तातिएको बेला फलामको आकार बनाउनु पर्ने” भन्दै तत्काल सडक आन्दोलनलाई सशक्त बनाउनुपर्ने धारणा व्यक्त गरे।
राजेन्द्र लिङ्देनसँग पनि भेटघाट
सन्ताेष राजावादी समूहले हिजो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि भेटघाट गरी सडकबाट दवाव दिनका लागि पहल गरेको बुझिएको छ।
एकतामा जोड, भावनामा आन्दोलन
भेटमा समूहका प्रतिनिधिहरूले राजावादीहरू एक ठाउँमा आउन नसक्नुको कारणबारे प्रश्न उठाउँदै “राजा ल्याएर देश बचाउने कि विदेशी बुट भित्र्याएर छाती बजार्ने” भन्ने दुई मात्र विकल्प नेपाली समाजमा रहेको बताए। उनीहरूले नेपाली समाज भावनामा बग्ने भएकाले नेपालमा भएका हरेक आन्दोलनहरू विचारलाई भावनामा परिणत गरेर मात्र सफल भएको तर्क गरे। “देशको अस्तित्व र स्वाभिमान माथि भएको प्रहारका निम्ति अब हामी फुट्न मिल्दैन, जुट भएर लड्नै पर्छ,” उनीहरूले जोड दिए। राजा र प्रजा मिलेर नेपालको निर्माण गरेको उल्लेख गर्दै उनीहरूले राष्ट्रियताको रक्षाका निम्ति पछिल्लो पुस्तालाई बुझाउन र घरमा बसिरहेका मान्छेलाई जगाउन एक ढिक्का भएर अगाडि बढ्नु पर्ने आवश्यकता औंल्याए।
छठ पछि आन्दोलन, सुरक्षाको प्रतिबद्धता
सन्ताेष जावादी समूहले दुर्गा प्रसाईंलाई छठ पर्वपछि आन्दोलनको घोषणा गरेर अगाडि बढ्न आग्रह गर्दै त्यसका लागि आवश्यक सुरक्षा दिन आफूहरू तयार रहेको प्रतिबद्धता जनाए। भेटपछि उनीहरू केही बेरमा धवल शम्शेर जवरा लगायत अन्य राजावादी नेताहरूलाई पनि भेट्न जाने बताएका छन्।
दुर्गा प्रसाईंको ऐक्यबद्धता, केही दिनमै आन्दोलनको घोषणा
यता, दुर्गा प्रसाईंले सन्ताेष राजावादी समूहको आग्रहप्रति ऐक्यबद्धता जनाउँदै केही दिनपछि नै आन्दोलनको घोषणा गर्ने जानकारी दिनुभएको छ। छठपछी निर्णायक आन्दोलन गर्ने राजावादी बिष्णुले जानकारी दिए।

प्रतिक्रिया