काठमाण्डौं आश्विन २९ गते उपत्यकामा आज हुने कार्यक्रमहरू :
बिहान हुने कार्यक्रमहरू:
- ०९:०० बजे: सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन लिएर अदालत जाने कि नजाने भन्ने विषयमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरुसँग सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा परामर्श गर्ने कार्यक्रम छ।
- ०९:३० बजे: राष्ट्रिय युवा संघले नेकपा (एमाले) अध्यक्ष के.पि शर्मा ओलीलाई गुण्डु देखि जावलाखेल सम्म मोटरसाइकल स्कर्टिङ गरेर केन्द्रिय कमिटी बैठक स्थल जाउलाखेलसम्म पुऱ्याउने कार्यक्रम छ।
- १०:०० बजे: माइतीघर मण्डलामा सरिश्मा थापाले हालको अन्तरिम सरकारको बैठक कामनपाका मेयर बालेनले महानगरको बैठक प्रत्यक्ष लाइभ गरे जस्तै लाइभ प्रसारण गर्नुपर्ने माग सहित धर्ना बस्ने कार्यक्रम छ।
- ११:०० बजे: पुरानो ठिमी, भक्तपुरस्थित दुर्गा प्रसाईंको निवासमा ATF तथा राजावादी समुहले दुर्गा प्रसाई, राजसंस्था पुनःस्थापना चाहने पार्टी संघ-संगठन अभियानहरुलाई मिल्न मिलाउन दबाब दिने कार्यक्रम छ।
- ११:०० बजे: जवलाखेलस्थित भनिमण्डल छेउमा रहेको राम वाग महल, ललितपुरमा नेकपा (एमाले) केन्द्रिय कमिटी बैठक बस्ने कार्यक्रम छ।
- ११:१५ बजे: रिपोर्टर्स क्लब नेपाल, भृकुटीमण्डपमा आम जनता पार्टीले जेन-जी आन्दोलन, वर्तमान सरकार र अहिलेको बदलिदो परिस्थितिबारेमा विशेष पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ।
- ११:३० बजे: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को परिवर्तित राजनीतिक सन्दर्भमा पार्टीको धारणा तय गर्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने कार्यक्रम छ।
दिउँसो हुने कार्यक्रमहरू:
- १२:०० बजे: अखिल नेपाल किसान महासंघ भूमि अधिकार तथा श्रमिक संगठन (नेकपा एमाले निकट) ले भूमि अधिकार तथा श्रमिक संगठन भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय विरुद्ध ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम छ।
- १३:०० बजे: संवाद डबली अनामनगरमा देश बचाऊ, देश संमृद्ध बनाऊ नागरिक समाज नेपालले नागरिक समाजको औचित्य, काम, कर्तव्य, जिम्मेवारी, र राष्ट्रलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा छलफल कार्यक्रम गर्नेछ।
- १३:३० बजे: वाईसिएल नेपालले अहिलेको सरकार र प्रहरी प्रशासनविरुद्ध विरोध तथा खबरदारी कार्यक्रम साथै साइबर ब्यूरोमा ज्ञापनपत्र बुझाउने कार्यक्रम शानपतिवाटिका, रत्नपार्कमा छ।
- १६:३० बजे: नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा नेपाल हस्तकला महासंघको ४५ औं वार्षिक साधारण सभाको समुद्घाटन समारोह हुने कार्यक्रम छ।

प्रतिक्रिया