काठमाडौं आश्विन २८ गते उपत्यकामा आज हुने कार्यक्रमहरू:
बिहान हुने कार्यक्रमहरू
- १०:०० बजे: सरिश्मा थापाले हालको अन्तरिम सरकारको बैठक प्रत्यक्ष लाइभ प्रसारण गर्नुपर्ने माग सहित धर्ना बस्ने।
- स्थान: माइतीघर मण्डला।
- १०:३० बजे: शाही युवा शक्ति नेपालले कार्तिक १ गतेको शान्तिपूर्ण र्याली बारे जनतालाई आह्वाना गर्न पत्रकार सम्मेलन गर्ने (श्री ५ ज्ञानेन्द्रको गद्दी आरोहण गराउ देश बचाउ नारा सहित)।
- स्थान: रिपोर्टर्स क्लब नेपाल, भृकुटी मण्डप।
दिउँसो/अपराह्न हुने कार्यक्रमहरू
- १२:१५ बजे: गुल्मी जिल्लाबासि पुर्ब सुरक्षा कर्मीहरूको (Nepal Army, Police, APF, Indian Army, British Army, आदिबाट सेवानिवृत्त) बलियो संगठन तयार गर्न महत्वपूर्ण बैठक बस्ने।
- स्थान: अनुपम फुडल्यान्ड, बत्तीस पुतली।
- १३:०० बजे: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने।
- स्थान: पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुर।
- १३:३० बजे: अखिल नेपाल किसान महासंघ भूमि अधिकार तथा श्रमिक संगठन (नेकपा एमाले निकट) ले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ताको माग सहित विरोध प्रदर्शन तथा कोणसभा गर्ने।
- स्थान: तिनकुने।
- १४:०० बजे: अखिल नेपाल फुटबल सङ्घ (ANFA) का वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरूको उपस्थितिमा पत्रकार सम्मेलन गर्ने।
- स्थान: क्याफे प्वाइन्ट, नक्साल।
- १४:०० बजे: ATF तथा राजावादी समूहले कार्तिक १ गते हुने आन्दोलन कार्यक्रमको तयारीको लागि भेटघाट छलफल कार्यक्रम गर्ने।
- स्थान: गौशाला।
- १४:०० बजे: राष्ट्रिय एकता अभियानले भ्रष्टाचार छानवीनमा तिब्रताका लागी दबाब सभा कार्यक्रम गर्ने।
- स्थान: माइतीघर मण्डला।
जारी धर्ना
- Gen-Z मदन बुढाको धर्ना (Gen Z पुस्ताबाट सुदूरपश्चिम प्रदेशबाट पनि मन्त्रीपरिषद्मा सहभागी गराउनुपर्ने माग सहित) माइतीघर मण्डलामा यथावत छ।
- (असोज २५ गते २१:०० बजे देखि जारी)।

प्रतिक्रिया