काठमाण्डौ आश्विन २७ गते उपत्यकामा हुने कार्यक्रमहरु ।

विहानका कार्यक्रमहरू (Morning Programs):

  • १०:०० बजे: सरिश्मा थापाले अन्तरिम सरकारको बैठक प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग राख्दै माइतीघर मण्डलामा धर्ना दिने।
  • १०:३० बजे: राष्ट्रपति र प्रधानमन्त्रीसँग GenZ का प्रतिनिधिहरूको शीतल निवासमा छलफल हुने।
  • ११:०० बजे: नेपाल विद्यार्थी संघले GenZ आन्दोलन र त्यसपछिका निर्णयहरू बारे रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्ने।
  • ११:०० बजे: सहकारी पीडितहरूको सरकारी समितिमा सहभागिताको विषयमा छलफल गर्न सहकारी ब.सं.रा. अभियान महासङ्घको बैठक, केन्द्रीय कार्यालय महाराजगञ्जमा बस्ने।

दिउँसोका कार्यक्रमहरू (Afternoon Programs):

  • १२:०० बजे: नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिले राष्ट्रिय संकट र निकासको विषयमा मध्यपुर थिमि, शंखधर चोकमा छलफल कार्यक्रम गर्ने।
  • १:०० बजे: दुर्गा प्रसाईं त्रिभुवन विमानस्थलमा अवतरण गरी पशुपतिनाथ दर्शन गर्ने र समसामयिक राजनीतिबारे पत्रकार सम्मेलन गर्ने।
  • ३:०० बजे: अखिल नेपाल किसान महासंघले भूमि समस्या समाधान आयोग खारेज गरिएको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गर्ने।

यथावत कार्यक्रम (Ongoing Program):

  • Gen-Z का मदन बुढाले सुदूरपश्चिम प्रदेशबाट पनि मन्त्रीपरिषद्मा सहभागिताको माग राख्दै माइतीघर मण्डलामा थालेको धर्ना आज पनि जारी रहनेछ। यो धर्ना असोज २५ गते राति ९:०० बजेदेखि सुरु भएको हो।