काठमाण्डौं आश्विन २६ गते (आइतबार) उपत्यकामा हुने कार्यक्रमहरू:
बिहान (Morning):
- उदयपुर जिल्ला हडिया गाउपालिका वडा नं. ६ घर भइ हाल कामनपा १३ कालिमाटी बस्ने सरिश्मा थापाले हालको अन्तरिम सरकारको बैठक कामनपाका मेयर बालेनले महानरको बैठक प्रत्यक्ष लाइभ गरे जस्तै लाइभ प्रसारण गर्नुपर्ने माग सहित धर्ना बस्ने ।
- स्थान: माइतीघर मण्डला
- समय: १०:०० बजे
- नेपाली फुटबलमा विगत केही वर्षयता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिता विरुद्ध फुटबलका सरोकारवालाहरूले शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने ।
- स्थान: अखिल नेपाल फुटबल संघ (ANFA) मुख्य कार्यालय, सातदोबाटो
- समय: १०:०० देखि ११:०० बजे सम्म
- लोकतान्त्रिक आदिवासी जनजाती महासँघ नेपाल सम्बद्द आदिवासी जनजाती अगुवाहरुको भेला कार्यक्रम हुने ।
- स्थान: गुण्डु, भक्तपुर
- समय: ११:०० बजे
दिउँसो (Afternoon):
- नेपाल नागरिक पार्टी निर्माणका सम्बन्धमा सैद्धान्तिक वैचारिक दृष्टिकोण, विधान र नियमावली समेतका दस्तावेजलाई अन्तिम रुप दिन, संगठनको ढाँचा, आर्थिक व्यवस्थापन र निर्वाचन समेतका विषयमा ठोस निर्णय गरी पार्टी दर्तालाई टुङ्गोमा पुऱ्याउनका लागि बैठक बस्ने ।
- स्थान: आनन्द भूमि बैंकेट नयाँ वानेश्वर
- समय: १२:३० बजे
- राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीले Gen Z आन्दोलनको क्रममा भएको मानवीय क्षति, भौतिक क्षति, सरकारद्वारा गरिएको दण्डहीनताको प्रशय र असंवैधानिक निर्णयहरुको विरुद्ध र आम जनतामा फैलिएको निराशालाई आसा जगाउने तथा आन्दोलनको क्रममा भएका अराजक क्रियाकलापले मनोबल गिरेका राष्ट्रसेवक कर्मचारी तथा प्रहरी प्रशासन समेतको मनोबल वृद्धि गर्ने, विशेषगरि शान्ति पुनःस्थापन तथा जनताको भौतिक सुरक्षा प्रत्याभूति गराउन सरकारसँग मागको उद्देश्यका साथ वृहत् मोटरसाइकल र्याली कार्यक्रम गर्ने ।
- स्थान: तिनकुने बाट सुरुभई बानेश्वर, माईतिघर, थापाथली, त्रिपुरेश्वर, केशरमहल, गौशला हुदै तिनकुने सम्म ।
- समय: १३:०० बजे
- ATF सहित राजावादी समुहले आगामी कार्यक्रमको तयारीको लागि भेटघाट छलफल गर्ने ।
- स्थान: बालाजु बाइपास
- समय: १४:०० बजे
- गोर्खाज डिफेन्स फोर्सको नयां कार्यसमिती चयन कार्यक्रम हुने ।
- स्थान: थासाङ होटेल कुमारीपाटी, ललितपुर
- समय: १४:०० बजे
बेलुका (Evening):
- GenZ 2.0 (सबै पुस्ताको प्रतिनिधि) अभियानले “GenZ चौक” घोषणा कार्यक्रम गर्ने ।
- स्थान: तिनकुने
- समय: १७:०० बजे
समय नखुलेको:
- नेकपा (एमाले) को पदाधिकारी बैठक बस्ने ।
- स्थान: गुण्डु, भक्तपुर
- समय: नखुलेको

प्रतिक्रिया