काठमाडौं, असोज २५ — जेनजी आन्दोलनका सह–सयोजक अर्जुन शाहिले अब विस्तार हुन लागेको मन्त्रिपरिषद्मा “जेनजी आन्दोलनबाट” भनेर आएको नामप्रति आपत्ति जनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै शाहिले मन्त्रिपरिषद्मा जेनजी आन्दोलनमा सक्रिय युवा पुस्ताको प्रतिनिधित्व होस् भन्ने चाहना व्यक्त गरे पनि, हाल सिफारिस भएका चार जनाको नाम कसले अघि सारेको हो भन्ने विषयमा उनले सरकारसँग स्पष्टता मागेका छन्।

यसैबीच, सुधन गुरुङ नेतृत्वको समूहले समेत हाल मन्त्रिपरिषद्मा जेनजी पुस्ताबाट सिफारिस गरिएका नामप्रति असन्तुष्टि जनाएको छ। त्यस्तै, टंक धामी नेतृत्वको युवातर्फको टोलीले पनि सो नामावलीमा सहमति नजनाएको बताइएको छ।