कामाण्डाै २०८२ असोज २५ गते भृकुटीमण्डप स्थित रिपोर्टर्स क्लब नेपालमा अवकाश प्राप्त सैनिकहरुले जेन जि आन्दोलनमा सुरक्षा अंगको भूमिका बारे समिक्षा एवं पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरेको थियो उक्त कार्यक्रममा कार्यक्रम सभापतित्व अवकास प्राप्त नेपाली सेना सेनानी थम बहादुर बस्नेत,विशिष्ट अतिथी सहायक रथि अवकाश प्राप्त भरत बहादुर रायमाझी,उप रथी अवकास प्राप्त राजेन्द्र थापा,उप रथी अवकास प्राप्त शेखर सिंह बस्न्यात, सहायक रथी अवकास प्राप्त डा. प्रेम सिंह बस्न्यात,सेनानी अवकास प्राप्त बासुदेब अधिकारि,सुबेदार कर्मचारी अवकास प्राप्त हेम संकर गिरि लगाएत लगभग ३५-४० जनाको उपस्थिति रहेको थियो।

हेम शंकर गिरी:- यो मुलुक संघिन अवस्थामा छ यो बेला देशका राष्ट्रिय सुरक्षा निकायहरु नेपालि सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान बिभागले यो कार्यक्रम लाईभ हेरी रहनु छ भएको होला।यो कार्यक्रम राष्ट्रको अस्तित्व संग जोडिएको हुनाले हामिले यो कार्यक्रम आयोजना गरेका हौं।

देश परिवर्तन हुनुपर्छ भनेर हाम्रा युवाहरुले आन्दोलन गरे तर आन्दोलनमा घुसपैठ भएर आन्दोलनमा देशले ठुलो क्षति व्यहोर्नु पर्यो।२४ गते सुरक्षा निकायले गोलि नचलाएकै कारण देश सुरक्षीत अवतरणको बाटो गएकै हो।२३ दिनको घटनालाई लिएर २४ गते प्रहरी र सेनाले सम्ममेता लिएर गोलि चलाएन्न र प्रहरी र सेनाले सरकारले दिएको आदेशको पालना गर्यो त्यो नै प्रहरी र सेनाको व्युटि हो।

सिंहदरबार बसेका हरुले सुरक्षा निकायलाई आफुले दिएको आदेशको पालना गर्नु पर्छ भनी मात्र रहे।जेन जि को आन्दोलनमा घुसपैठ भयो भनिएको छ त्यसको छानवीन होला? २३ गते पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले राष्ट्र र जनताको नाममा सम्बोधन गरेको भयो २४ गते त्यति ठूलो घटना घट्ने नै थिएन तर पुर्व प्रधानमन्त्री त्यो काम गर्नुनै भएन।

देशमा राज नेता नभएकाले देशको अवस्था यस्तो हुन पुगेको छ अब देशको लागि राष्ट्रिय एकताको खाचो छ।आज देशमा सेना चाहिदैन भन्नू नै राष्ट्र र देश चाहिदैन भन्नू हो।केही व्यक्ती गलत होलान तर पुरै सुङ्गो संगठन बदनाम भएको छ।

सेनाले सिंहदरबार चलाउदा सेनाले सेनाले सिंहदरबार बचाउन सकेन भनेर अभिव्यक्ति दिइरहेका छ तर सेनाले जनता मार्दैन। नेपाली सेना रहे मात्र देश र हामी नेपाली जनता रहन्छौं।नेपाली सेनालाई जसरी लान्छना लगाईरहनु भएको छ तपाईहरुले त्यो लान्छनालाई सुधार्नुस्।

भरत बहादुर रायमाझी:-  सेनाले सिंहदरबार राष्ट्र पति भवन किन बचाउन सकेन भनेर प्रश्न चर्चाको बिषय बनेको छ यो कुरा उठ्न ठिक छ।राष्ट्र पति कार्यलय प्रत्यक्ष सेना छ भने तर सिंहदरबारमा छैन।सेनाको बिषयमा चर्चा र परिचर्चा गर्नु तपाईहरुको अपरिपक्ता हो भन्न चाहान्छु।

आज देशको कुटनैतिक र देशको मानमर्यादा तल गएको छ।देशको अर्थतन्त्र बाहिर गएको छ र सहकारी पीडितको अवस्था हेर्नुस् त।हामी सेनाको पक्षमा जाऔं।नेपाल सेना राष्ट्रिय सुरक्षा परिषदमा हुन्छ राष्ट्रपतिले लालमोहर लगाए मात्र सेना परिचालित हुने हो।

नेपाली सेनाले देशलाई सान्त पार्ने काम गरेको छ।यदि २४ गते सेनाले सहि निर्णय नगरेको भए देशको अवस्था झन भयावह हुन्थ्यो र २४ गते सेनाले गोलि चलाएको भए अन्तर्राष्ट्रिय हिसाबको देशको छवि कस्तो हुन्थ्यो होला।सेनालाई आक्षेप लगाउनु राम्रो कुरा होईन।२३ गतेको आन्दोलनमा ८०% जेन जि थियो भने २०% जेन वाई र याक्स थिए भने २४ गते पुरै जेन वाई र याक्स मात्र थियो।

२३/२४ गते राष्ट्रिय सुरक्षा परिषदको बैंठक किन राखिएन? २३ गते राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको भएर ३२ गते रातिबाटनै कर्फ्यु लाग्थ्यो र २४ गते देशको स्थिति सान्त हुन्थ्यो र भयावह स्थिती सृजना हुने थिएन।

सामाजिक अभियन्ता डा. दलिप कुमार मल्ल:- समाजको मनोबिज्ञान बुझ्न नसकेका कारण भाद्र २३ गते त्यो घटना घट्न पुग्यो।नेपाली इतिहासमा आर्मिको इतिहास हेर्न सक्नु पर्छ।जेन जिमा आन्दोलनमा आर्मिले केही गर्न सकेन भनेर प्रश्न उठेका छन्।नेपालको अभिभावकत्व आर्मीले लिन सक्नु पर्छ।

नेपाली आर्मीको गौरवमय इतिहास छ।नेपाली समाजमा आर्मिको आवस्यकता छ सेनाले अभिभावकत्व पूरा गर्ने छ।नेपाली सेना र नेपाली जनता मिलेर यो राष्ट्र जोगाएको हो।एकताको कारणले गर्दा हाम्रो राष्ट्र स्वतन्त्र हुन पुगेको हो।दलिय व्यवस्थाले देशलाई गुलाम बनाउन त खोज्दै छैन्न?

जेन जि आन्दोलनमा सेनाले सिंहदरबार किन जोगाएन भनेको छ तर सेनाले सिंहदरबार मात्र होईन देश जोगाएको छ र देशको राष्ट्रिय सार्भभौसत्ता बचाएको छ।सेनालाई बिबादित बनाउने काम गरेको छ र नेपाली जनता र सेना बिच दरार ल्याउने काम गरिएको छ।

प्रमुख सेनानी जयन्द्र देव बस्न्यात :- २४ गते सेनाले त्यो दिन संकटकाल लगाएर भ्रष्टाचारीहरुलाई टुडिखेलमा ल्याएर झुन्डाउनु पर्ने थियो तर त्यो काम सेनाले गरेर त्यही गल्ती काम सेनाले गरेको छ।एउटा सिंहदरबार जल्दैमा केही हुदैन जेन जि त्यस्ता दशौं सिंहदरबार बनाउन सक्थ्ये।

सेनाले एक दिन देशमा संकटकाल लगाएर ती भ्रष्टलाई लिएर आएर छानवीन गरे मात्र देशले गति लिन्छ र जनताले न्याय पाउछ त जेन जिले न्याय पाउछन्।

बासुदेब अधिकारी :- पलानाले गल्ती गर्यो हामी भन्छौ तर मैले गल्ती गरे भनेर हामी भन्न सक्दैनौं।घर देश नकारात्मक कुरा सुन्दा सुन्दै हामी यहाँ सम्म आएका छौं। २०४६ साल देखि नै हाम्रो इन्टेलिजेन्सलाई बर्बाद पार्ने काम गरियो।

सिंहदरबार अहिले ध्वस्त पारेको होईन यो सिंहदरबार पहिले नै ध्वस्त पारिस्केको थियो।यो सबै बिद्रोहको जन्म जेन जि भाईहरुको जन्म हो।आर्मिले गल्ती गरेकै हो त्यो गल्ती भनेको संकटकाल लगाएर भ्रष्टलाई कारबाही गर्न नसक्नु हो।

देशको परिस्थिति नाजुक छ हामिलाई यो अवस्थामा छुट्याउने काम गरिदैछ।अब पनि हामी पार्टी पछाडि लाग्ने हो भने देशको अवस्था यस्तै रहने छ।

डा. प्रेम सिंह बस्न्यात :- नेपाली सेनाले एकदम ठिक काम गर्नु भएको छ।हात्ती गल्ती गर्दैन सेनले जे गर्यो राष्ट्रको लागि राम्रो काम गरेउ।एम्बुसमा पर्ने काम सेनाले गर्नु भएन देशको युवायुवतीको रगत बग्न बाट बचाऔं।पश्चिमाले हामि सेनालाई ढाल्न खोज्छ यसै कारणले राम्रो काम गर्दा पनि सेनाको बिषयमा समाजमा गलत प्रचार गर्ने काम गरिदैछ।

नेपाली सेनालाई सक्काउने काम डा लोकराज बरालले गर्नु भएको छ यो छाउराहरु सेनालाई सक्कान तिर लागेका छन्।अर्को छ समता फाउन्डेसनको पैसा खाएर बसेको सिके लाल छ।यिनिहरुले सेनालाई बदनामी गर्ने काम गरेका छन् यिनिहरुलाई सेनाले चिन्न सक्नु पर्छ।

ओलिले भन्ने गरेका छन् सेनाले मलाई सक्कायो भनेको कुराहरु मैले सुनेको छु सेना तपाईको दास होईन, सेना प्रचण्डको दास होईन।२४ गते सेनाले संकटकाल लगाएर यी भ्रष्टलाई कारबाही गर्न सक्नु पर्ने थियो त्यो काम सेनाले गर्न सकेन त्यो काम गर्न नसक्नु तपाईले गल्ती गर्नु भएको छ।

यो सेना इतिहासलाई हेर्ने हो भने यसले अग्रगमनको राजनिती खोजेको छैन।२३/२४ गतेको आन्दोलनमा बुद्धिमता अपनाएर सेनाले अस्ति देशलाई बचाउने काम गरेको छ र राम्रो काम गरेको छ।

२३ गते बेलुका राष्ट्र र जनताको नामममा सम्बोधन गरेर ओलिले राजिनामा दिनु पर्ने थियो तर ओलिले राजिनामा दिनु भएन उहाले बाउको सम्पत्ति जस्तो गरेर ओलिले राजनीति दिनु भएन।अबको बन्ने सरकार जेन जि को अपेक्षा अनुरुपको सरकार बन्नु पर्छ मेरो अनुरोध छ ।

शेखर सिंह बस्न्यात:- जेन जि पुस्ताकाको आन्दोलनमा सहिद हुनु भएका भाईबहिनिहरुको स्वर्गबासको कामना गर्दछु भने घाइतेहरुको सिघ्रस्वास्थय लाभको कामना गर्दछु।यो आन्दोलन थामिएको मात्र हो रोकिएको होईन।देश नाजुक मोडमा पुगेको छ सेनाले देशको राजनीति बुझेको छ र यसले राजनीति गर्दैन।

सेना परिचालन हुनुपर्ने थियो र पर्दैन थियो यो बिषयमा कानुन बिदहरु बोल्नु पर्ने थियो तर स्पष्ट छैन।देशमा जताततै कानुन र नियमको कमि रहेको छ।सेनाको बिषयमा त्यति बेला सहि निर्देशिका जारी गरेको भए र कानुन र नियम सहि बनाएको भए संबिधानमा टेकेर जाने व्यवस्था गरेको भए आज देशमा यो समस्या आउने थिएन।

आज आगोमा घ्यु थप्ने काम भैरहेको छ राजनीतिक दलहरुले सेनाको भरमा राजनीति गर्ने काम गर्नु हुदैन।सेनाले सम्मेमित रुपमा आफ्नो मर्यादामा रहेर देशलाई जोगाउन तिर लागेको छ।

राजेन्द्र थापा:- २३ गतेको घटना के हुनु पर्ने थियो तर के भयो आज सिंहदरबार सेनाले किन जोगाउन सकेन भन्ने प्रश्न आएका छन् । देशमा २४ गते देखि हामी संग सरकार नहुदा हामी अभिभावक बिहिन भएका थियौं त्यही अनुरुप सबै निकायलाई सेनाले साथमा लिएर अन्तरिम सरकारको कुरा अगाडि सारेको हो तर अन्तरीम सरकार आर्मीले बनाएको होईन।

कसैलाई पनि मन्त्री सेना प्रमुखले दिनु भएको होईन।सत्ता सेनाले लिदैन, सेनाले चाहेको भए पहिलानै सत्ता लगिसक्थ्यो तर सत्ता लिन्छ भने देश सक्किने लागेको बेला सेनाले सत्ता लिन्छ हामिलाई संबिधानले रोक्दैन।

देस अस्ति नै गृह युद्धमा फसी सकेको थियो तर सेनाले देश बचायो अब पनि देश गृह युद्धमा फस्यो भने अब देशमा भारत आउने छ।सेना माथी कुनै प्रमाधीपतिनै छैन।सिंहदरबार र राष्ट्रपति कार्यालयको आगो निभाउने कार्यको बिषयमा गृहमन्त्रीलाई सोध्ने हो सेनालाई किन प्रश्न गरिन्छ।