काठमाडौँ। आश्विन २४ गते राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक शीतल निवासमा सुरु भएको छ। आगामी निर्वाचनको विषयमा छलफल गर्न बोलाइएको यस बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू भने उपस्थित छैनन्।

​बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख दलका प्रतिनिधिको सहभागिता रहेको छ।

​दलगत सहभागिता विवरण यसप्रकार रहेको छ:

  • नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा
  • ​**नेकपा (एमाले)**बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल
  • ​**नेकपा (माओवादी केन्द्र)**बाट नेता नारायणकाजी श्रेष्ठवर्षमान पुन
  • राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य
  • राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानबहादुर शाहीमीना लामा
  • ​**नेकपा (एकीकृत समाजवादी)**बाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुषाल
  • जनता समाजवादी पार्टीबाट रेणु यादव
  • जनमत पार्टीबाट डा. चन्द्रकान्त राउतडा. जयकुमार राउत
  • लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झासर्वेन्द्रनाथ शुक्ला
  • नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी
  • नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति

​निर्वाचनसँग सम्बन्धित विषयमा राष्ट्रिय सहमति जुटाउने उद्देश्यले राष्ट्रपतिले यो बैठक आह्वान गरेको बुझिएको छ। बैठक अहिले जारी छ।