सिंहदरबारस्थित सङ्घीय संसद् भवन परिसरमा ‘जेनजी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास गरिएको छ।
गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल र जेनजी सहिद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा उक्त संरचनाको शिलान्यास गरे।
त्यसक्रममा गृहमन्त्री गुरुङले जेनजी पुस्ताको माग सम्बोधन गर्न आफूहरू लागिरहेको बताए। ‘हामीले जे कसम खाएका छौँ। त्यसलाई पूरा गर्छौं’, उनले भने।
गत वर्ष भदौ २३ गते जेनजी आन्दोलन भएको थियो। आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।
गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि वर्तमान सरकार गठन भएको हो।
यही भदौ १८ गतेको मन्त्रिपरिषद् बैठकले जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते नेपाल मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रतिक्रिया