काठमाडौं आश्विन २४ गते उपत्यकामा हुने कार्यक्रमहरु ।

विहान (Morning: १०:०० बजे देखि १२:०० बजे अघि)

  • १०:०० बजे: सरिश्मा थापाको धर्ना माइतीघर मण्डलामा बस्ने। अन्तरिम सरकारको बैठक पनि लाइभ प्रसारण हुनुपर्ने उहाँको माग रहेको छ।
  • ११:०० बजे: जेन जी वाई नेपालको पत्रकार सम्मेलन रिपोर्टस क्लब, भृकुटी मण्डपमा हुने। विषय: जेनजी आन्दोलनको समीक्षा र आगामी योजना।
  • ११:०० बजे: राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने।

दिउँसो (Daytime/Afternoon: १२:०० बजे देखि ४:०० बजे सम्म)

  • १२:०० बजे: नेपाल पर्वतारोहण संघ (NMA) को ३५ औं वार्षिक साधारण सभा उद्घाटन समारोह सिल्भर ओक बैंक्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारामा हुने।
  • १:०० बजे (१३:००): नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय, सानेपा, ललितपुरमा बस्ने।
  • १:३० बजे (१३:३०): राष्ट्रबादी नागरिक समाजको कार्यक्रम शान्तिबाटिका, रत्नपार्कमा हुने। विषय: राजतन्त्र पुनर्वहाली
  • १:३० बजे (१३:३०): जेन जेड- वाइ -एक्स नेपालले निर्वाचन आयोग नेपाल, कान्तिपथमा प्रमुख निर्वाचन आयुक्तलाई भेटेर ज्ञापनपत्र बुझाउने
  • २:०० बजे (१४:००): जेन जेड- वाइ -एक्स नेपालले उपराष्ट्रपति राम सहाय यादवसँग भेटघाट गर्ने।
  • २:०० बजे (१४:००): राष्ट्रिय एकता अभियानको अन्तरक्रिया कार्यक्रम किमची फ़ास्ट फ़ूड एन्ड रेस्टुरेंट, अनामनगरमा हुने। विषय: “बिपिनको रिहाई र हमासको आत्मसमर्पण”।

बेलुका (Evening/Night: ४:०० बजे पछि)

  • समय/स्थान नखुलेको: Genz 2.0 ले “Close Camp” कार्यक्रम गर्ने।