काठमाडौं आश्विन २३ गते उपत्यकामा हुने कार्यक्रमहरु ।

बिहान हुने कार्यक्रमहरू

  • Gen – Z का विभिन्न समूहहरूले आफ्नो माग पूरा नभएको भन्दै प्रदर्शन गर्ने।
    • स्थान: माइतीघर मण्डला।
    • समय: १०:०० बजे
  • ड्राइभिङ स्कूल संघ, काठमाडौँ, भक्तपुर, ललितपुर, कभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा पत्रकार सम्मेलन गर्ने।
    • ​(Gen-Z को आन्दोलन चलिरहेकै समयमा बागमती प्रदेश श्रम–रोजगार तथा यातायात मन्त्रालयले गरेको भनिएको भ्रष्टाचारको खुलासा गर्न)
    • स्थान: संवाद डबली अनामनगर।
    • समय: १०:३० बजे
  • नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरले “समसामयिक राजनीतिक विषयमा भेटघाट कार्यक्रम” गर्ने।
    • ​(महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा)
    • स्थान: गुण्डु, भक्तपुर।
    • समय: ११:०० बजे
  • Genz 2.0 (डा. निकोलश भुसाल) ले शान्तिपूर्ण प्रदर्शन गर्ने।
    • स्थान: माइतीघर मण्डला।
    • समय: ११:०० बजे
  • नेपाल प्रज्ञा-प्रतिष्ठान र गैर आवासीय नेपाली संघ, भाषा साहित्य समितिको सहकार्यमा साहित्यिक सङ्गोष्ठी तथा सिर्जना वाचन कार्यक्रम गर्ने।
    • स्थान: देवकोटा सभाकक्ष, नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी।
    • समय: ११:०० बजे
  • Genz 2.0 (सबै पुस्ताहरूको प्रतिनिधि) ले Genz आन्दोलनका उपलब्धिहरूको रक्षा र भावी योजना तय गर्ने उद्देश्यले राष्ट्रिय भेला कार्यक्रम गर्ने।
    • स्थान: नबदुर्गा पार्टी प्यालेस, सुखेधारा।
    • समय: १२:३० बजे
  • नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने।
    • स्थान: ललितपुर।
    • समय: १३:०० बजे
  • नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक बस्ने।
    • स्थान: पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वर।
    • समय: नखुलेको।

​बेलुका हुने कार्यक्रमहरू

  • राष्ट्रिय स्वतन्त्र पार्टी महालक्ष्मी नगर समिति ललितपुरले जेन-जी आन्दोलनको एक महिनाको स्मृतिमा सहादत प्राप्त वीरहरू प्रति “श्रद्धा सुमन सभा” कार्यक्रम गर्ने।
    • स्थान: लुभु बसपार्क, ललितपुर।
    • समय: १८:०० बजे
  • राष्ट्रिय स्वतन्त्र पार्टी, कागेश्वरी मनोहरा नगर समितिले जेन-जी आन्दोलनका क्रममा सहादत प्राप्त वीरहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न, वीर सहिदहरूको स्मृतिमा श्रद्धा-सुमन सभा गर्ने।
    • स्थान: कागेश्वरी मनोहरा, थली।
    • समय: १८:०० बजे
  • राष्ट्रिय स्वतन्त्र पार्टीले जेन जी आन्दोलनको एक महिनाको स्मृतिमा सहादत प्राप्त वीरहरू प्रति “श्रद्धा सुमन सभा” कार्यक्रम गर्ने।
    • स्थान: मङ्गलबजार, दरबार स्क्यायर।
    • समय: १८:०० बजे
  • राष्ट्रिय स्वतन्त्र पार्टीले जेन-जी आन्दोलनको एक महिनाको स्मृतिमा सहादत प्राप्त वीरहरू प्रति “श्रद्धा सुमन सभा” कार्यक्रम गर्ने।
    • स्थान: देशभर (उपत्यकामा पनि मनाइने)।
    • समय: १८:०० बजे