काठमाडौं आश्विन २१ गते उपत्यकामा हुने विभिन्न कार्यक्रमहरु ।
बिहान ०९:३० बजे
- CTEVT कार्यालय अगाडि, सानोठिमी, भक्तपुर मा:
- CTEVT अन्तर्गतका विभिन्न संकायका विद्यार्थीहरूले सदस्य–सचिव महेश भट्टराईलाई परीक्षा उत्तरपुस्तिकाको लापरवाही र दुर्व्यवहार सम्बन्धी गम्भीर समस्याबारे आधिकारिक पत्र बुझाउने।
बिहान १०:०० बजे
- माइतीघर मण्डला मा:
- सरिश्मा थापाले हालको अन्तरिम सरकारको बैठक कामनपाका मेयर बालेनले गरे जस्तै प्रत्यक्ष लाइभ प्रसारण गर्नुपर्ने माग सहित धर्ना बस्ने।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगाल मा:
- Gen Z Movement Alliance ले आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजिनामाको माग गर्दै निवेदन दर्ता गराउने।
दिउँसो १५:०० बजे
- माइतीघर मण्डला मा:
- NTEK – Z TEAM ले यही असोज २३ गते गर्ने महाअभियान (जसको माग भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र गम्भीर अपराध विरुद्ध शून्य सहनशीलता छ) को लागि ब्यानर राखी प्रचारप्रसार कार्यक्रम गर्ने।

प्रतिक्रिया