काठमाडौं आश्विन १२ गते का लागि उपत्यकामा हुने कार्यक्रमहरू।

​नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतसँग पत्रकार भेटघाट

  • कार्यक्रम: मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, असोज २६ गते बस्ने पार्टी केन्द्रीय समिति बैठक र पार्टी भित्रको एकता र रूपान्तरणका बिषयमा पत्रकारहरूसँग भेटघाट र बडा दसैँको शुभकामना आदानप्रदान।
  • स्थान: प्रकाशशरण महतको निवास, महाराजगन्ज
  • समय: ०९:३० बजे

​सरिश्मा थापाको धर्ना

  • कार्यक्रम: हालको अन्तरिम सरकारको बैठक कामनपाका मेयर बालेनले महानगरको बैठक लाइभ गरे जस्तै प्रत्यक्ष लाइभ प्रसारण गर्नुपर्ने माग सहित धर्ना
  • स्थान: माइतीघर मण्डला
  • समय: १०:०० बजे

​नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक

  • कार्यक्रम: पार्टीको सचिवालय बैठक बस्ने।
  • स्थान: पार्टी अध्यक्ष केपी शर्मा ओली निवास, गुण्डु, भक्तपुर
  • समय: १३:०० बजे

​डा. निकोलश भुसालको घोषणापत्र सार्वजनिक

  • कार्यक्रम: बिजया दशमीको शुभकामना तथा प्रत्यक्ष निर्वाचित कार्यकारीको लागी घोषणापत्र सार्वजनिक
  • स्थान: होटल तपस, बत्तिसपुतली
  • समय: १५:०० बजे

​विवेकशील साझा पार्टीको THANK YOU GEN-Z कार्यक्रम

  • कार्यक्रम: THANK YOU GEN-Z कार्यक्रम।
  • स्थान: माइतीघर मण्डला
  • समय: १६:०० बजे

​त्रिचन्द्र क्याम्पस स्ववियुको द्वीपप्रज्वलन

समय: १८:०० बजे

कार्यक्रम: Gen_Z आन्दोलनको उपलब्धिका प्रारूप प्रिय सहिदहरूको सम्मान स्वरूप Mural Art बनाएको स्थानमा द्वीपप्रज्वलन

स्थान: बागबजार- रत्नपार्क आकासे पुल