काठमाडौं आश्विन ९ गते उपत्यकामा हुने महत्वपुर्ण कार्यक्रमहरु:

प्रमुख राजनीतिक र सरकारी कार्यक्रमहरू

  • मन्त्रिपरिषद्को बैठक र प्रधानमन्त्रीको सम्बोधन: आज दिउँसो ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्नेछ। बैठकपछि साँझ ६ बजे प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुनेछ।
  • नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक: पार्टीको केन्द्रीय समिति बैठक आज बिहान ११ बजे कोटेश्वरस्थित पार्टी कार्यालय, पेरिसडाँडामा बस्नेछ।
  • पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पत्रकार सम्मेलन: डा. भट्टराईले आज दिउँसो १२ बजे नयाँ बानेश्वरको इन्द्रेणी ब्याङ्क्वेटमा ‘विशेष पत्रकार सम्मेलन’ गर्ने कार्यक्रम छ।
  • राप्रपा नेपालको अगुवा कार्यकर्ता भेला: राप्रपा नेपालका अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यतामा आज दिउँसो १ बजे सुकेधाराको नवदुर्गा पार्टी भेन्युमा ‘उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला’ हुनेछ।
  • नयाँ दल दर्तासम्बन्धी पत्रकार सम्मेलन: ‘नेपाल नागरिक पार्टी’ नामक नयाँ दल दर्ताको प्रक्रिया अघि बढाउन निर्वाचन आयोग जाने र दल गठनको उद्देश्यबारे जानकारी दिन पत्रकार सम्मेलन हुनेछ। यो कार्यक्रम बिहान १०:४५ बजे निर्वाचन आयोगको कानून विभागको भवनअघि हुनेछ।
  • स्वतन्त्र नागरिक समूहहरूको कार्यक्रम:
    • स्वतन्त्र नागरिक समूह-नेपालको पत्रकार सम्मेलन: दिउँसो २ बजे रिपोर्टर्स क्लब, भृकुटीमण्डपमा पत्रकार सम्मेलन हुनेछ।
    • स्वतन्त्र नागरिक समूहको पत्रकार सम्मेलन: समसामयिक राजनीतिक परिवेश र ‘स्वतन्त्रहरुको दोस्रो राष्ट्रिय सम्मेलन’ को मिति घोषणा गर्न दिउँसो १:४५ बजे रिपोर्टर्स क्लब, भृकुटीमण्डपमै अर्को पत्रकार सम्मेलन हुनेछ।

प्रहरी, सामाजिक र अन्य कार्यक्रमहरू

  • कोटेश्वर प्रभागको पुनर्निर्माण: भदौ २४ गते तोडफोड भई क्षतिग्रस्त भएको कोटेश्वर प्रहरी प्रभागको पुनर्निर्माण गरी त्यहाँ कार्यरत प्रहरीलाई पुनःस्थापना गराउने कार्यक्रम दिउँसो ३ बजे हुनेछ।
  • धरना र प्रदर्शन:
    • सरिश्मा थापाको धर्ना: अन्तरिम सरकारको बैठक प्रत्यक्ष लाइभ गर्नुपर्ने माग राख्दै सरिश्मा थापाले बिहान १० बजे माइतीघर मण्डलामा धर्ना बस्ने कार्यक्रम छ।
    • Gen – Z को धर्ना: Gen – Z ले केपी शर्मा ओली, रमेश लेखक र प्रमुख जिल्ला अधिकारीमाथि कारबाहीको माग गर्दै दिउँसो ३ बजेदेखि माइतीघर मण्डलामा दैनिक धर्ना दिने कार्यक्रम छ।
  • पत्रकारितासँग सम्बन्धित कार्यक्रमहरू:
    • पत्रकार महासंघको तालाबन्दी कार्यक्रम: श्रमजीवी पत्रकारहरूको बाँकी भुक्तानी उपलब्ध नगराएको भन्दै पत्रकार महासंघ, एभिन्यूज प्रतिष्ठानले बिहान १० बजे चक्रपथस्थित एभिन्यूजको कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम छ।
    • शाही युवा शक्तिको पत्रकार सम्मेलन: ‘श्री ५ ज्ञानेन्द्र वीर बिक्रम शाहदेव सरकारको तेस्रोपटक गद्दी आरोहण गराउ देश बचाउ’ भन्ने नाराका साथ जनदबाब सिर्जनाका लागि असोज २५ गतेको शान्तिपूर्ण र्‍यालीबारे जानकारी दिन बिहान १०:३० बजे रिपोर्टर्स क्लब, भृकुटीमण्डपमा पत्रकार सम्मेलन हुनेछ।
    • उम्मेदवारी घोषणा: ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी घोषणा गर्न सनोज महतले बिहान ११ बजे संवाद डबली, अनामनगरमा पत्रकार सम्मेलन गर्नेछन्।

शुभकामना तथा भेटघाट कार्यक्रमहरू

  • ओयाम सरोकार समाजको शुभकामना आदानप्रदान: बडा दशैं, तिहार लगायतका चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गर्न ओयाम सरोकार समाजले बिहान ७ बजे कोटेश्वरको लुङ्गा होटल एण्ड रुफटप सेकुवा कर्नरमा कार्यक्रम आयोजना गरेको छ।
  • निजी विद्यालयहरूको दशैं मिलन: राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले शुभकामना तथा दशैं मिलन कार्यक्रम आज दिउँसो ३ बजे बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा गर्नेछ।
  • अन्तरसंवाद कार्यक्रम: लोकतान्त्रिक वुद्धिजीवी संघले ‘वर्तमान संकटको समाधान’ विषयमाथि अन्तरसंवाद कार्यक्रम दिउँसो १२:३० बजे महाराजगन्जको मित्र क्याफेमा आयोजना गरेको छ।