काठमाण्डौ :- दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका नगर प्रमुख तिर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन वाधक भएकाले पटक-पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले वेवास्ता गरेको हुदा आफ्नो माग पुरा गर्न सात बुदे मागसहित श्रावण १४ गते देखि लगातार आमरण अनसनमा बसेका छन् । उनले श्रावण ११ गते बाट माइतीघर मण्डलामा सत्याग्रह बसेका थिए पछि श्रावण १४ गते देखि आमरण अनसन बस्न शुरु गरेका हुन । उनि कांग्रेस निकट निर्वाचित नगर प्रमुख हुन् ।
उनले स्थानिय उत्पादन वास र अन्य कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गरि विल्डिङ कोड र नक्शा तयार गरी कानुन निर्माणको माग राखेर माईतिघरमा ४ दिन देखि आमरण अनसनमा बसेमा हुन । उनले जथाभावि प्रकृति दोहन गर्ने क्रसर उद्धोगलाई कारवाही पहाडी जिल्लाहरुमा बादर आतंकबाट बसाई सराई दर बढेको हुदा तत्काल नितिगत निर्णय गरी क्षतिपुर्ति तथा राहतको व्यवस्था गर्न सरकार संग माग गरेका छन् ।
साथै काठमाण्डौ बाट खोटाङ जाने बाटोमा अलपत्र परेका पुल सडक र विकास निर्माणका काम अलपत्र पार्नेहरुलाई समेत कडा कारवाहीको माग गरेका छन् । पहिलो चरणमा बन र उद्धोग मन्त्रालय र मातहतका सवै निकाय बास काठ राडि पाखि बातावरण र पर्यावरण मैत्री फर्निचर र भवन संरचना बनाउन पनि नितिगत निर्णयको माग गरेका छन् ।
मेयर भट्टराईको मागलाई अन्य खोटाङका पालिका र राजनितिक दलहरुले समेत समर्थन जनाएका छन् । भट्टराईले अनसन शुरु गरेपछि बन मन्त्रालयले दिक्तेलका उपमेयर विसन राईको टोली संग पहिलो चरणको वार्ता गरेपिन सहमति हुन सकेको छैन ।

प्रतिक्रिया