काठमाडौँ २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका वातावरण, वन तथा जलवायुु परिवर्तनमन्त्री भुपेन्द्र यादवले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुुलाटारमा भएको भेटमा मन्त्री यादवले नेपालमा सगरमाथा संवाद कार्यक्रमका लागि आमन्त्रण गरेकामा धन्यवाद दिँदै सगरमाथा विश्वकै छानो भएकाले यसको सुरक्षामा सबैको ध्यान जानुुपर्ने बताउनुुभयो । प्रधानमन्त्री ओलीले संवाद कार्यक्रममा सहभागिता र उद्घाटन समारोहमा सन्देशयुक्त मन्तव्यका लागि मन्त्री यादवलाई धन्यवाद दिनुुभयो । उहाँले हिमाहरुको रक्षा, डढाइएका छ्वालीको धुवाँबाट वातावरणीय असरका विषयमा नेपाल, भारत, बंगलादेशलगायत मुलुुक मिलेर क्षेत्रीय खालका यस्ता सम्मेलन आयोजना गर्न प्रस्ताव गर्नुभयो ।
भेटका अवसरमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युुवराज खतिवडा, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुुुहुन्थ्यो ।
प्रधानमन्त्रीसँग भारतका वनमन्त्रीको शिष्टाचार भेट
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…

प्रतिक्रिया