काठमाडौं। मंगलबार बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेट आसपासमा तिब्बतको दिंगी केन्द्रबिन्दु बनाएर गएको भूकम्प सगरमाथाबाट करिब ९० किलोमिटर उत्तर केन्द्रविन्दु रहेको छ । उक्त भुकम्पको ठूलो झट्का काठमाडौमा समेत महसुस गरिएको थियो ।

अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७ दशमलव १ म्याग्निट्यूडको भएको उल्लेख गरेको छ। उसका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु खुम्बु क्षेत्रमा अवस्थित लोबुचे भन्दा उत्तर पूर्वमा रहेको जनाइएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भुकम्प ७ म्याग्निट्यूड मापन गरिएको छ । काठमाडौंबाट करिब २८० किलोमिटर दूरीमा केन्द्रविन्दु रहेको भुकम्पको क्षतिको विवरण आउन बाँकी छ।