पुस १९, काठमाण्डौ – चिनियाँ युनान प्रान्त सिपिसिका उपमहासचिव साइ युगाङको नेतृत्वमा एक उच्च स्तरिय टोली नेपाल आउन लागेका हुन् ।

उनिको नेपालमा ३ दिने भ्रमण कार्यक्रम रहेको छ । साइ युगाङको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति रामसहाय यादव, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसाल लगायत अन्य विशिष्ट व्यक्तिहरु संग भेटघाट तथा छलफल गर्ने तयारी रहेको श्रोतले जनाएको छ ।