राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको प्रतिबन्ध हटाएसँगै विश्व फुटबल महासंघ (फिफा) ले पनि निलम्बन फुकुवा गर्ने मौखिक सहमति भएको छ।
बैंककमा आयोजित एएफसी अवार्ड्सको अवसरमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए।
भेटमा मन्त्री पोखरेलले फिफा र एएफसीका प्रतिनिधिलाई उपहारसमेत दिए। भेटवार्ताका क्रममा एन्फामाथि लागेको निलम्बन फुकुवा, कानुनी प्रक्रिया र तहगत निर्वाचनका विषयमा सकारात्मक छलफल भएको मन्त्री पोखरेलले बताए।
छलफलकै क्रममा एन्फाले तहगत निर्वाचन गर्ने सहमति भएपछि राखेपले प्रतिबन्ध फुकुवा गरेको हो। योसँगै सबै प्रशासनिक प्रक्रिया पूरा गरी एन्फामाथिको प्रतिबन्ध फुकुवा हुने प्रक्रियामा जाने बताइएको छ।

प्रतिक्रिया