अधिकांश नेपालीका लागि दसैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो। तर, दसैँमा घर फर्कनका लागि टिकट पाउन धेरैलाई कठिन हुने गर्छ। यही समस्यालाई ध्यानमा राख्दै कोका–कोलाले ‘भरौँ खुसी’ दसैँ अभियान २०२६ सञ्चालनमा ल्याएको छ। यस अभियानले दसैँको खुसीलाई थप विशेष बनाउनुका साथै घर फर्कने यात्रालाई सहज बनाउन सहयोग गर्ने उद्देश्य राखेको छ।

‘भरौँ खुसी’ अभियान सुरु भएदेखि नै सयौँ सहभागीहरू फ्लाइट र बस टिकट भौचरका विजेता बनिसकेका छन् भने अरू धेरैका लागि पनि यसमा सहभागी हुने, टिकट जित्ने र आफ्नो परिवारसँग दसैँ मनाउन घर जाने अवसर अझै बाँकी रहेको छ।

भदौ १८ देखि कात्तिक २९ (तदनुसार सेप्टेम्बर ३ देखि नोभेम्बर १५, २०२६) सम्म लागू हुने यस योजनामा सहभागीहरूले दसैँ विशेष २.२५ लिटर र १.५ लिटरका कोक, स्प्राइट र फ्यान्टाका पीईटी बोतलमा उपलब्ध क्यूआर कोड स्क्यान गरी वेबसाइटमार्फत दर्ता गरेर भौचर जित्ने अवसर प्राप्त गर्न सक्नेछन्।

कोका–कोला बोटलर्स नेपालका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अजय कोनाले भने, “दसैँ भनेको प्रायः टाढा रहेका परिवार र आफन्तहरू एकै ठाउँमा भेला हुने समय हो। नेपालीहरूका लागि दसैँमा घर फर्कनु र परिवारसँग समय बिताउनु कति धेरै अर्थपूर्ण हुन्छ भन्ने हामी बुझ्छौँ। ‘भरौँ खुसी’ मार्फत हामी यिनै भेटघाटहरूलाई सहज बनाउन सहयोग गर्ने भूमिका निर्वाह गरिरहेका छौँ।”

यस अभियानअन्तर्गत विशेष टेलिभिजन विज्ञापन पनि प्रसारण भइरहेको छ, जसमा कोका–कोलाका ब्रान्ड एम्बेसडरद्वय प्रदीप खड्का र स्वस्तिमा खड्काको अभिनय रहेको छ। उक्त विज्ञापनमा दसैँमा घर फर्कँदा महसुस गरिने व्यग्र प्रतीक्षा, खुसी र सँगै हुँदाका आत्मीय क्षणहरूलाई कलात्मक र भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।

विशेषतः काम, पढाइ वा अन्य विविध कारणले आफ्नो गृहजिल्लाभन्दा टाढा बस्दै आएकाहरूका लागि दसैँ परिवारसँग सँगै हुने अवसर हो। यस अभियानले यस्ता भेटघाटहरूको महत्त्वलाई उजागर गर्दछ। साथै, नेपालीहरूले वर्षदिनमा एकपटक आउने महान् चाड आफ्ना प्रियजनहरूसँग एकै ठाउँमा रहेर मनाउन गर्ने हरेक प्रयास र समर्पणलाई पनि ‘भरौँ खुसी’ अभियानले आत्मसात् गर्दछ।